संचारकर्मी रवि लामिछानेलाई छानविनका लागि चितवन जिल्ला अदालतले ५ दिन म्याद थप गरेको छ। जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मंगलबार लामिछानेसहित तीन जनालाई हिरासतमा राखेर अनु सन्धान गर्न आदेश दिएको हो।पाँच दिन हिरासतमा राखेर सोधपुछ गरेपछि प्रहरीले रविसहित तीन जनालाई दोस्रो म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो। वादीको तर्फबाट जिल्ला न्यायधिवक्ता यदु शर्माले वहस गरेका छन्। प्रतिवादीका तर्फबाट अधिबक्ता हरु सुनिल पोखरेल, सुसिल पन्त र चुडामणी सापकोटाले बहस गरे।
आरोपी तीन जनालाई विहान १० बजे नै अदालत लगिएको थियो। लामिछानेसहित रुकु कार्की (अस्मिता) र युवराज कँडेलविरुद्ध शालिकराम पुडासैनी आत्महत्या दुरुसाहन मुद्दामा अनुसन्धान भइरहेको छ। शुक्रबार चितवन जिल्ला अदालतले रविसहित तीनैजनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न निर्देशन दिएको थियो। रवि र युवराजलाई प्रहरीले बिहीबार साँझ न्युज २४ च्यानलको कार्यालय पानीपोखरीबाट पक्राउ गरेको थियो। बिहीबार दिउँसो पक्राउ परेकी अस्मितासहित तीनैजनालाई प्रहरीले बिहीबार राति चितवन पुर्याएको थियो।
पुडासैनीकी पत्नी सम्झना पुडासैनीले पनि आइतबार काठमाडौं प्रहरी परिसरमा पुगेर लामिछानेसहित तीन विरुद्ध किटानी जाहेरी दिएकी छन्। पुडासैनीले आत्महत्याअघि आफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि उनीहरु पक्राउ परेका थिए।
अहिले सामाजिक संजालमा हरेक व्यक्तिले आफ्नो आफ्नो अभिव्यक्ति दिदै आएका छन् । रबि पक्राउ पर्ने बित्तिकै पुर्व लडाकु रक्षा राईले गतिलो साथ बिरोध समेत गरेको छ । सालिकरामको आत्माहात्यामा रविको ठुलो हात रहेको भन्दै मिडियामा आएका छन् । बाकी भिडियोमा हेर्नुस :
-एजेन्सी
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved