ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालिने५२औँ रथयात्राको

  • प्रकाशित मितिः भदौ ७, २०७६
  • 1257 पटक पढिएको
  • समय अनलाइन

विराटनगर । ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालिने भएको छ । सो क्रममा कुनै अप्रिया घटना हुन नदिन प्रहरीले सुरक्षा व्यवस्था सुदृढ बनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले विराटनगर–१ बाट निकालिने ५२औँ रथयात्राको क्रममा ड्रोनसहित प्रहरीले सुरक्षा व्यवस्था सुदृढ गरेको बताए । विराटनगरलगायत सुनसरी झापाका ग्रामीण क्षेत्र र सीमावर्ती भारतसहित करीब छ लाख भक्तजन रथयात्रामा सहभागी हुने भएकाले सुरक्षालाई विशेष प्राथामिकता राखिएको प्रहरी प्रमुख अधिकारीले जानकारी दिए । सुरक्षा व्यवस्था सुदृढ बनाउनका लागि प्रहरी प्रधान कार्यालय काठमाडौंबाट विज्ञसहित ड्रोन क्यामेराको टोली विराटनगर आएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए । रथयात्रा पोखरियाबाट शुरु भई तीनपैनी, गोल्छा चोक, वडा प्रहरी चोक, जलजला चोक, बुधहाट चोक, ट्राफिक चोक, महेन्द्र चोक, भट्टीभोड चोक, शनि मन्दिर चोक, भृकुटी चोक, मुनालपथ चोक, बरगाछी चोक, जनता नमूना स्कूल चोक हुँदै राधाकृष्ण मन्दिरमा गई समापन हुनेछ । विशेष पूजाआजा गरेपछि अपराह्न ३ः३० बजे पोखरियास्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा निकालने भएको छ । रथयात्रा विराटनगरका ४० स्थानमा विश्राम गरिनेछ । रथयात्राको क्रममा विराटनगर क्षेत्रमा भक्तजनको ठूलो भीड लाग्ने गरेको छ 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved