इटहरी । शुल्क घटाउने सहमतीपछि जनता बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरुले लगाएको ताला खोलिएको छ ।
बढाइएको शुल्क घटाउनुपर्ने माग गर्दै क्याम्पसका ६ विद्यार्थी संगठनले गत भदौ ४ गते लेखा शाखामा ताला लगाएका थिए ।
विद्यार्थी संगठनहरुको दबाबपछि क्याम्पस प्रशासनले शुल्क घटाउने प्रतिबद्धता जनाएको हो । प्रतिबद्धतापछि विद्यार्थीहरुले ताला खोलेका छन् । सँगै विज्ञप्ती जारी गरी बढाइएको शुल्क फिर्ता लिन क्याम्पस सहमत भएको जानकारी दिएका छन् ।
आइतबार बैठक बसेर शुल्क पुनरावलोकन गर्नेे क्याम्पस प्रशासनले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved