नमुना कलेजका बिद्यार्थीलाई उत्प्रेरणा जगाउदै क्याप्टेन विजय

  • प्रकाशित मितिः भदौ ९, २०७६
  • 1360 पटक पढिएको
  • समय अनलाइन

इटहरी नमुना कलेजको आयोजनामा इटहरीमा विद्यार्थीहरुका लागि लक्षित गरी मोटिभेसन सेमिनार सम्पन्न भएको छ । मोटिभेसन सेमिनारमा क्याप्टेन विजय लामा , मोटिभेसनल स्पिकर सौनक भट्ट र कलाकार सन्दीप क्षेत्रीले विद्यार्थीहरुलाई उत्पेरणा जगाएका छन् ।

इटहरी नमुना कलेजका विद्यार्थीहरुलाई क्याप्टेज विजय लामाले विद्यार्थीको करियर निर्माणमा संघर्ष र साधनाले सफल बन्न सकिने उत्पेरणा जगाएका हुन्। यस्तै कार्यक्रममा क्याप्टेन लामाले सामाजिक सन्जालको गलत प्रयोगले युवाहरुमा नकारात्मक सोच फैलदै गएको बताए । संसारको सबैभन्दा ठुलो शक्ति मानब मस्तिष्क भएकाले यसको सहि प्रयोगले मात्र सफलता हात पार्न सकिने बिद्यार्थीहरु माझ बताए ।

हजारौं व्यक्तिलाई उत्प्रेरणा प्रदान गरिसकेका मोटिभेसनल स्पिकर ‘लाइफ कोच’का रूपमा परिचित सौनक भट्टले इटहरी नमुना कलेजका विद्यार्थीहरुलाई के पढ्ने ? किन पढ्ने ? कसरी पढने ? कस्ता साथी बनाउने ? कस्तो बानी व्यहोरा अपनाउने ? लगायतका महत्वपूर्ण विषयमा अत्यन्तै रोचक प्रस्तुतिका साथ उत्पेरणा जगाएका थिए ।

उत्प्रेरणाले मानिसले देख्ने संसार फराकिलो बनाउन सिकाउँछ र स–साना समस्यालाई बिर्साउँछ । उत्प्रेरणा मानिस मृत्युशय्यामा लड्दासम्म चाहिने विज्ञहरुले बताउदै आएका छन । विद्यार्थीहरु मा सकरात्मक उर्जालाई वृद्धि गर्न, जिवनको लक्ष्यको बारेमा बुझाउन, यस सेमीनार फलदायी भएको इटहरी नमुना कलेजका अध्यक्ष केसब खड्काले बताए । विद्यार्थीहरुको व्यबहारमा सकारात्मक परिवर्तनसँगै नेतृत्व विकास र क्षमता अभिबृद्धिमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको इटहरी नमुना कलेजले जानकारी दिएको छ । कार्यक्रम इटहरी स्थित इमेरियम होटलमा भएको थियो । नमुना कलेजमा उच्च माविमा विज्ञान, व्यवस्थापन, होटल म्योजमेन्ट , शिक्षा , लगायतका विषय संकायमा पढाइ हुने गर्छ । त्यस्तै स्नातक तहमा विविए , बिबिएस, व्याचुलर इन होटल म्यानेजमेन्ट , व्याचुलर इन कम्प्युटर एप्लीकेसन , व्याचुलर इन सोसीएल वर्क (बिएसडब्लु) र विए , अध्यापन हुने गरेको छ । त्यतीमात्र होइन यस कलेजमा एमबिए तथा विविए कार्यक्रम भने लिङकन विश्वविद्यालयको सम्वन्धनमा सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved