अस्मिताले लगाइन रवि र युवराज माथि यस्तो गम्भीर आरोप'

  • प्रकाशित मितिः भदौ ९, २०७६
  • 1497 पटक पढिएको
  • समय अनलाइन

चितवन : मृतक पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परी न्यायिक हिरासतमा रहेका रवि लामिछाने र अस्मिता कार्कीको मत बाझिएको पाइएको छ। उनीहरूले दिएको बयानमा दुईजनाको मत आपसमा बाझिएको अधिवक्ता गोपीलाल देवकोटाले बताए। कहाँ बाझियो रवि र अस्मिताको मतरु देवकोटाका अनुसार अस्मिताले आफ्नो कारणले नभई रवि र युवराजका कारण आ त्मह त्या गरेको हो भनी बयान दिएकी छन्। बयानमा आफ्ना कारणबाट शालिकरामले आ त्मह त्या नगरेको जिकिर गर्दै उनले रवि र युवराजलाई पोलेको अधिवक्ता देवकोटाले बताए।

उनले बयानमा आफ्नो र शालिकरामको सम्बन्ध राम्रो रहेको र आफूले शालिकरामलाई विवाहित हुनुहुँदो रहेछ भनेर एकपटक मात्रै सोधेको बताएकी छन्। उता, रविले पनि आफ्नो कारण यो घट्ना नघटेको दाबी बयानमा दिएको अधिबक्ता देवकोटाको भनाइ छ। तर, उनीहरूबीचको मत एकापसमा बाझिएको बताइएको छ। रविले आफुले अस्मितालाई प्रहरी नियन्त्रणमा आएपछि मात्रै देखेको बताएका छन् भने अस्मिताले यसअघिबाटै चिनजान रहेको बयान दिएकी छन्। यस्तै, रविले बयानका क्रममा शालिकरामसँग प्रत्यक्ष संवाद थिएन, सम्पर्क थिएन भनेका छन्। तर एउटै टेलिभिजनमा, एउटै टिममा रहेर काम गरेको, विभिन्न रिपोर्ट तयार पार्दा सँगै गएको विषय आइसकेकाले उनको यो क्रियाकलापले रविलाई नै अफ्ठ्यारो पर्न सक्ने कानुनविदको भनाइ छ।

रवि र अस्मिताले फरकफरक मत राख्दा त्यसको असर रविलाई नै पर्न सक्ने अधिवक्ता देवकोटाको अनुमान छ। रविको धारणा उनैलाई घातक हुनसक्ने रविले विभिन्न माध्यमबाट आफ्नो धारणा सार्वजनिक गर्दा अदालतमा उनैलाई घातक हुनसक्ने खतरा रहेको बताइएको छ। उनले बाहिर निस्किएको केही मिनेटमा आफू निर्दोष रहेको प्रमाणित गर्ने बताएका छन्। अधिबक्ता देवकोटाले भने रविलाई छाडियो भने ५ मिनेटमा प्रमाण नष्ट हुने अथवा आफ्नो पक्षको सबुत सार्वजनिक गर्ने भएकाले उनको हिरासत बसाई लम्बिने सम्भावना रहने बताए।

रविले विभिन्न सामाजिक सञ्जालमार्फत हिरासतबाट बाहिरिएको ३ मिनेटमा आफू निर्दोष रहेको प्रमाणीत गरेर देखाउने दाबी गरेका छन्। यस्तै एउटा युट्युव च्यानलसँग कुरा गर्दै प्रहरी प्रमुख दान बहादुर मल्ले आफूलाई नियोजित रुपमा फसाउन खोजेको आरोप लगाएका थिए। उनले आफूलाई मा र्न पनि सक्ने आशंका व्यक्त गरेका छन भने गोप्य भनिएको भिडियो सामग्री चोरेर मिडियालाई दिएकाले मल्लमाथि पनि छानविन हुनुपर्ने माग गरेका छन्।

तेस्रोपटक म्याद थप हुने सम्भावना कतिरु तेस्रोपटक म्याद थप हुने सम्भावना ९० प्रतिशत रहेको अधिवक्ता देवकोटाले बताए। अभियोग पत्र तयार भइनसकेकाले उनीहरू तिनै जनाको म्याद थपिने सम्भावना रहेको उनको भनाइ छ। सरकारले २५ दिनभित्र सम्बन्धित विषयको अनुसन्धान सकाउनुपर्ने भएकाले कतिपटक भन्दा पनि कति दिन भयो भन्ने विषयले प्राथमिकता पाउने उनको भनाइ छ । अहिले घटनास्थल वरपरका व्यक्तिहरुको बयान, डोरी किनेको पसल सञ्चालकको बयान लिइरहेको साथै अन्य प्रमाणहरू संकलन गर्ने र अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved