उद्घाटन खेलमा रसिया र साउदीबीच प्रतिष्पर्धा, यस्तो छ इतिहास

  • प्रकाशित मितिः जेठ ३१, २०७५
  • 1106 पटक पढिएको
  • Prakash

उद्घाटन खेलमा रसिया र साउदीबीच प्रतिष्पर्धा, यस्तो छ इतिहास

एजेन्सी । फुटबलको महाकुम्भ विश्वकप फुटबलको उद्घाटन खेलमा आज आयोजक रसियाले साउदी अरबसँग प्रतिस्पर्धा गर्दैछ । विभिन्न सांस्कृतिक कार्यक्रम सकिएपछि नेपाली समयअनुसार बेलुकीको पौने ९ बजे विश्वकपको पहिलो खेल रसिया र साउदी अरबबीच हुँदैछ ।

 

रसियाको राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा यी दुई टिमले प्रतिस्पर्धा गर्दैछन् । समूह ए मा रहेका यी दुई टिम जितको खोजीमा हुनेछन् । आफ्नो पहिलो खेलमा नै उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्ने दाउमा रहेको रसियालाई घरेलु समर्थकको राम्रो साथ हुनेछ भने करिब ८० हजार दर्शक उपस्थित हुने रंगशालामा घरेलु टिम र दर्शकविरुद्ध राम्रो प्रदर्शन गर्ने लक्ष्यको साथ साउदी अरब मैदानमा उत्रिँदैछ ।

रसिया र साउदी अरबबीचमा अहिलेसम्म १ खेल मात्रै भएको छ । सन् १९९३ मा भएको एक मैत्रीपूर्ण खेलमा साउदी अरबले रसियालाई पराजित गरेको थियो । त्यसखेलमा उतकृष्ट प्रदर्शन गर्दै साउदी अरबले रसियालाई ४–२ गोलअन्तरले पराजित गरेको थियो । त्यसपछि साउदी अरब र रसियाबीचमा अहिलेसम्म भेट भएको छैन ।

 

विश्वकपमा रसिया र साउदी अरबको यस्तो छ इतिहास
 

 

रसिया

 

पहिलो पटक विश्वकप फुटबलको आयोजना गर्न लागेको रसिया फुटबलमा खासै चम्किने राष्ट्र होइन । न त रसियाले फुटबलको ठूला प्रतियोगिता नै जितेको छ, न फुटबलमा कुनै फड्को नै मारेको छ तर, यसपटक भने विश्वकप फुटबलको सफल आयोजना गर्दै इतिहास बनाउने सुरमा छ ।

 

यसअघिका विश्वकपमा रसियाको उपस्थिति निरासाजनक रहेको थियो भने कुनै खेलमा त सहभागिता मात्रै जनाएको जस्तो देखिएको थियो । तर, २०१८ को विश्वकप फुटबलको आयोजना गर्ने हिम्मत राख्दै फुटबलको कुम्भ मेला सफल पार्ने योजनामा देखिएको छ । यो रसियाको लागि ऐतिहासिक हुन सक्छ ।

 

७ पटक विश्वकप खेलेको रसिया सन् १९६६ मा इंग्ल्याण्डमा सम्पन्न भएको विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो । त्यो पनि सोभियत संघको हैसियतमा । त्यसपछिको विश्वकपका खेलमा भने रसियाले राम्रो प्रदर्शन गर्न सकेको छैन ।
सातपटक विश्वकपको यात्रा पार गर्दा रसिया तीन पटकसम्म क्वाटरफाइनल पुगेको छ । 

 

सन् १९५८ मा स्वीडेनले विश्वकप फुटबलको आयोजना गर्दा यसै विश्वकपदेखि रसियाले डेब्यु गरेको थियो । समूह चरणको खेलमा निकै दमदार प्रदर्शन गरेको त्यसबेलाको सोभियत युनियनले अष्ट्रियालाई २–० ले पराजित गरेको थियो भने प्ले अफको खेलमा इंग्ल्याण्डलाई १–० गोलले पराजित गर्दै सोभियत युनियन क्वाटरफाइनलमा आयोजक स्वीडेनसँग २–० गोलअन्तरले पराजित हुदै विश्वकपबाट बाहिरिएको थियो ।

 

त्यस्तै, सन् १९६२ मा  चिलीमा सम्पन्न भएको विश्वकपमा पनि सोभियत युनियन क्वाटरफाइनलसम्म पुगेको थियो । क्वाटरफाइनलमा चिलीसँग २–१ गोलअन्तरले पराजित हुँदै बाहिरिएको थियो । सन् १९६६ को विश्वकपमा भने सोभियत युनियन सेमिफाइनलसम्म पुगेको थियो । सेमिफाइनलमा जर्मनीसँग २–१ गोलअन्तरले पराजित हुदै विश्वकपबाट बाहिरिएको थियो । सन् १९९१ मा सोभियत युनियन विघटन भएर रसिया भएको हो । १९९४ को विश्वकपमा समूह चरण पनि पार गर्न नसकेको रसियाले १९९८ को फ्रान्स विश्वकपमा भने छनोट हुन सकेन । सन् २००२ मा भएको विश्वकप खेलेको रसिया पुनः २००६ र २०१० मा छनोट हुन असफल बनेको थियो ।

 

प्लेयर टु वाच
 

 

इगोर एकिनफिभ

 

३२ वर्षीया इगोर एकिनफिभ रसियाका प्रभावशाली खेलाडी हुन् । १६ बर्षको उमेरदेखि नै सीएसकेए मस्को क्बलबाट ब्यावसायिक फुटबल यात्रा शुरु गरेका इगोरले सन् २००४ बाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।  रसियाका गोलरक्षक तथा कप्तानको भूमिका निभाउँदै आएका इगोर सन् २०१४ को विश्वकपमा खेल्ने अवसर पाएका थिए । इगोर रसियाली टिममा डेब्यु गर्ने तेस्रो सबैभन्दा कम उमेरका गोलरक्षक हुन् । त्यसअघि एडवर्ड स्टाट्सव र सर्गेइ रोडोनेवो सबैभन्दा कम उमेरका खेलाडी थिए । सन् २०१७ बाट इगोर टिमका कप्तानका रुपमा रहेका छन् ।

 

एलेक्जेन्डर सामेडोव

 

३३ वर्षीय एलेक्जेन्डर सामेडोव रसियाली टोलिका फरवार्ड हुन् । घरेलु मैदानमा सामेडोवको प्रदर्शन उत्कृष्ट हुने अपेक्षा गरिएको छ । सन् १९९५ बाट व्यावसायिक फुटबल क्लब स्पार्टक मस्कोबाट खेल्न शुरु गरेका सामेडोवले अहिले पुन स्पार्टक मस्कोमा आवद्ध भएर लिग खेलिरहेका छन् ।

 

सन् २०११ बाट राष्ट्रिय टिमसँग सामेडोव आवद्ध भएका थिए । अहिलेसम्म सामेडोवले खेलेका ४८ खेलमा ७ गोल गरेका छन् ।  सन् २०१४ को विश्वकपमा सामेडोवले समूह चरणको तीनै खेल खेलेका थिए । तर उनले तीन खेलमा गोल गर्न भने सकेनन् । 

 

विश्वकपका लागि रसियाको टिम
 

 

गोलरक्षकः इगोर एकिनफिभ, भ्यादिमिर गाबुलोभ, आन्ड्रेय लुनेभ

 

डिफेन्डरः  भ्लादिमिर ग्रानट, फेदर कुड्र्रयासोभ, इल्या कुतेपोभ, आन्ड्रेय सेमेनोभ, इगोर स्मोलनिकोभ, सेर्जिई इग्नाशेभिच, मारियो फर्नान्डेज 

 

मिडफिल्डरः युरी गाजिन्सकी, एलेक्जेन्डर गोलोभिन, एलन जागोएभ, एलेक्जेन्डर एरोखिन, युरी झिर्कोभ, दालेर कुजएभ, रोमन जोबनिन, एलेक्जेन्डर सामेडोभ, एन्टन मिरान्चुक, डेनिस चेरिसेभ

 

स्ट्राइकरः आर्टिम ज्युबा, एलेस्की मिरान्चुक, फेडर स्मोलोभ

 

साउदी अरब

 

साउदी अरब फुटबलमा एसिया महादेशको पावर हाउस जस्तै हो । विश्वकप साउदी अरबको उदय निकै पछि भएको हो ।  अमेरिकामा सम्पन्न सन् १९९४ को विश्वकपमा साउदी अरबले पहिलो पटक सहभागिता जनाएको थियो । विश्वकपमा डेब्यु गरेकै बेला साउदी अरब अन्तिम १६ सम्म पुग्न सफल भएको थियो । विश्वकपमा साउदी अरबको अहिलेसम्मको सबैभन्दा ठूलो सफलता नै त्यहि हो ।

 

त्यो विश्वकपमा साउदी अरबले समूह चरणको खेलमा बेल्जियमलाई १–० र मोरक्कोलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । तर नेदरल्याण्ड्ससँग २–१ गोलअन्तरले साउदी अरब पराजित भएपनि विश्वकपको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको थियो । प्रिक्वाटरफाइनलको खेलमा स्वीडेनसँग ३–१ गोलअन्तरले पराजित हुदै विश्वकपबाट बाहिरिएपनि मुस्लिम राष्ट्र साउदी अरबले उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान तानेको थियो ।

 

त्यसपछि सन् साउदी अरब लगातार तीन विश्वकपमा छनोट भएको थियो । सन् १९९८, २००२ र २००६ मा भएको विश्वकपमा साउदी अरब छनोट भएको थियो । यद्यपी यी तीन विश्वकपमा भने साउदी अरब समूह चरणबाटै बाहिरिएको थियो । त्यसपछिका २०१० मा दक्षिण अफ्रिकामा र २०१४ ब्राजिलमा भएको विश्वकपमा भने साउदी अरब छनोट हुन सकेन ।

 

प्लेयर टु वाच
 

 

मोहम्मद अल सहलवी

 

मोहम्मद अल सहलवी त्यस्ता साउदी अरबीयन खेलाडी हुन्, जसले जित दिलाउन सक्छन् । ३१ वर्षीय मोहम्मद अल सहलवीले सन् २०१० देखि राष्ट्रिय टिममा डेब्यु गरेका थिए । 

 

फरवार्ड मोहम्मद अल सहलवीले अहिलेसम्म ४० खेलबाट २८ गोल गरिसकेका छन् । उनले साउदी अरबबाट टिमोर लिस्ट विरुद्ध सन् २०१५ मा ह्याट्रिक गोल गरेका थिए । विश्वकप छनोट खेलमा पनि ५ गोल गरेका मोहम्मद अल सहलवी एक प्रभावशाली साउदी अरबका खेलाडी हुन् । उनीमाथि साउदी अरबको निकै भरोसा रहेको छ । 

 

अब्दुल्लाह अल–खाइब्री

 

अब्दुल्लाह अल–खाइब्री त्यस्ता अनुभवि खेलाडी हुन् जसले सधैँ साउदी अरबका लागि उत्कृष्ट प्रदर्शन गर्र्ने गरेका छन् । निकै लयमा रहेका अब्दुल्लाह अल–खाइब्रीले सन् २०११ बाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए । 
विपक्षी खेलाडीलाई छक्याउदै सटिक पास निकल्न निकै माहिर अब्दुल्लाह अल–खाइब्रीले अहिलेसम्म साउदीबाट ३६ खेल खेलेका छन् । विश्वकप छनोटमा राम्रो प्रदर्शन गर्दै साउदीलाई विश्वकपमा प्रवेश गराएका अब्दुल्लाह अल–खाइब्री भरपर्दा खेलाडी हुन् ।

 

विश्वकपको लागि साउदी अरबको टिम 

 

गोलरक्षकः मोहम्मद अल ओवाइस, यसेर अल–मोसाइलिम, अब्दुल्लाह अल–मायुफ

 

डिफेन्डरः मन्सुर अल–हारबी, यसिर अल शाहरानी, मोहम्मद अल्बुर्यक, मोटाज हव्सावी,  ओसामा हव्सावी, ओमर ओथामन, अली अल्बुलायी 

 

मिडफिल्डरः अब्दुल्लाह अल–खाइब्री, अब्दुलमलेक अल खाइब्री, अब्दुल्लाह अटिफ, तैसिर अल जासम, हुसैन अल मोगह्वी, सलमान अल फराज, मोहम्मद कानो, हतन बहेब्री, सलिम अल दावसरी, यहिया अल शाहरी

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved