विश्वकप हेर्न गएका दर्शकहरुको डिभाइस ह्याक हुन सक्ने अमेरिकाको चेतावनी

  • प्रकाशित मितिः जेठ ३१, २०७५
  • 1140 पटक पढिएको
  • Prakash

विश्वकप हेर्न गएका दर्शकहरुको डिभाइस ह्याक हुन सक्ने अमेरिकाको चेतावनी 

एजेन्सी । अमेरिकाका वरिष्ठ सुरक्षा अधिकारीले रुसमा विश्वकप हेर्न पुगेका सबै दर्शकहरुलाई डिभाइस ह्याक हुन सक्नेबारे चेतावनी दिएका छन् । यसैकारण आजबाट सुरु हुने विश्वकप फुटबलमा अपराधीहरु वा रुसी सरकारले समेत उपस्थित दर्शकका डिभाइसहरु ह्याक गर्न सक्ने भएकाले मोबाइल, ल्यापटप लगायतका विद्युतीय उपकरणहरु सकेसम्म नलैजान र लैजानैपर्ने भएमा अत्यन्तै सावधानी अपनाउन सुझाव दिइएको रोयटर्सले जनाएको छ ।

 

एफबीआइ एजेन्ट तथा अमेरिकी सुरक्षा परिषद्का निर्देशक विलियम इभाएनाले विशेषगरी पहिचानसँग सम्बन्धित आफूलाई जरुरी नलाग्ने डाटाहरु ह्याकरले लक्षित गर्ने गरेको बताए । त्यसैले कुनैपनि डिभाइस लैजादा आफ्नो व्यक्तिगत जानकारीलाई पहुँचभन्दा बाहिर राख्न सबै डिलिट गर्ने र ल्याप्टपहरु पनि प्रयोग नगरेको अवस्थामा ब्याट्री निकालेर राख्दा उचित हुने उनको सुझाव छ । यसका साथै अस्थायी फोनको प्रयोग गर्दा पनि राम्रो हुने उनले बताए ।

 

अमेरिकी खुफिया एजेन्सी, एफबीआइले अझै पनि २०१६ को राष्ट्रपति चुनावमा रुसको हस्तक्षेपबारे अनुसन्धान गरिरहेको छ । फेसबुकमार्फत रुसी प्रशासनले लाखौँ मानिसहरुको व्यक्तिगत जानकारी अवैध तरिकाले हासिल गरी चुनाव प्रचारमा दुरुपयोग गरेको बताइन्छ । यसबारेमा ट्रम्पका समर्थकहरुलाई पनि थाहा भएको वा उनीहरुकै मद्दतमा यस्तो कार्य गरिएको एफबिआइको दाबी छ । उता ट्रम्प र रुस सरकारले भने बारम्बार यसलाई गलत ठहर गर्दै आएका छन् । त्यसैगरी यस विषयमा बेलायतको राष्ट्रिय सुरक्षा परिषद्ले पनि आफ्नो फुटबल टोलीलाई साइबर सुरक्षा सम्बन्धी विशेष सल्लाह दिइरहेको बताएको छ । विश्वकपका लागि प्रस्थान गर्नुअघि फुटबल एसोसिएसनलाई यस्ता घटनाका लागि तयार पारिएको बताइएको हो । उता निजी साइबर सुरक्षाका विशेषज्ञ प्याट्रिक वार्डलले पनि आधिकारिक चेतावनी दिँदै रुस जाँदा सधैँ प्रयोग गर्ने महत्वपूर्ण डिभाइस लग्नु उचित नहुने हुँदा अस्थायी बर्नर फोनको प्रयोग गर्न सुझाव दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved