पाहुना प्रधानमन्त्री ओली एनसेल मालिककाे

  • प्रकाशित मितिः भदौ २९, २०७६
  • 1318 पटक पढिएको
  • समय अनलाइन

 

उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपीशर्मा ओली एनसेल मालिककाे घरमा बसेकाे खुलासा भएकाे छ । स्वास्थ्य परीक्षण र थप उपचारका लागि पछिल्लो पटक सिंगापुर गएका प्रधानमन्त्री ओली एनसेलका एक हिस्सेदारको घरमा पाहुना बनेर बसेका हुन् ।

एनसेलका शेयर होल्डर आचार्य परिवारको सिंगापुरस्थित घरमा विशेष अतिथि बनेर उपचार पनि गराएका प्रधानमन्त्री ओलीसँग धेरै महत्वपूर्ण मानिसले भेटघाट र भलाकुसारी गर्ने मौका पाएका थिए ।

प्रधानमन्त्रीले न्यानो आतिथ्य पाएको घर आईएल आचार्यको हो । आईएलका छोरा सतीशचन्द्र आचार्यकी पत्नीको नाममा एनसेलको २० प्रतिशत शेयर छ । एक उच्च सूत्रले सरल पत्रिकासँग बताए अनुसार प्रधानमन्त्रीको सिंगापुर बसाई अवधिको सबै व्यवस्थापन आचार्य परिवारले नै गरेको थियो ।

आफ्नो उपचारमा सरकारी कोषबाट आर्थिक सहयोग नलिने प्रधानमन्त्री ओलीको भावना अनुसार नै एनसेल शेयर होल्डर आचार्य परिवारले त्यसको जिम्मेवारी लिएको थियो ।

प्रधानमन्त्री ओलीको करिब दुइ साता आचार्य निवासको बसाईमा एनसेलको कारोबारमा अवरोध मानिएका बिषयहरु सल्टाईएको सूत्रको दावी छ ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved