रोनाल्डोले ३ गोल गर्दै स्पेन बिरुद्द यो विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने, स्पेन र पोर्चुगल बराबरी

  • प्रकाशित मितिः असार २, २०७५
  • 924 पटक पढिएको
  • Mausam

स्पेनसँगको खेलमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो चम्किएका छन् । सोचीमा जारी खेलमा उनले ह्याट्रिक गरेका छन् । उनले खेलको ८६ औँ मिनेटमा फ्रि किक मार्फत सुन्दर गोल गर्दै खेलमा बराबरी गरेका हुन् ।

रोनाल्डोले यो खेलमा चौथो, ४४ र ८६ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । उनको यो करिअरको ५१ औँ ह्याट्रिक हो । यस्तै विश्वकपमा भएको पनि ५१ औँ ह्याट्रिक हो ।

खेलको तेस्रो मिनेटमै पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगलले अग्रता लिएको थियो। रोनाल्डोलाई स्पेनका न्याचोले डि-एरियाभित्र फउल हानेपछि पेनाल्टी पाएका हुन्। दुवै रियल म्याड्रिडमा सँगै खेल्छन्।

खेलको २४ औं मिनेटमा गोल गर्दै डिएगो कोष्टाले बराबरी गोल फर्काए। पहिलो हाफको अन्त्यतिर रोनाल्डोले गोल गर्दै पुनः खेलमा अग्रता लिए। उनले पहिलो हाफको ४४ औं मिनेटमा उतकृष्ट गोल गरेका हुन्। स्पेनका डि जियाको गल्तीमा रोनाल्डो दोस्रो गोल गर्ने अवसर पाएका थिए।

पहिलो हाफमा २-१ ले पछि परेको स्पेनले दोस्रो हाफमा थप दुई गोल गर्‍यो। खेलको ५५ औं मिनेटमा कोष्टाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए।

त्यसको तीन मिनेट पछि नाचोले गोल गर्दै खेलमा स्पेनले अग्रता लियो। खेलको ८८ औं मिनेटमा फ्रिकिक मार्फत आकर्षक गोल गर्दै रोनाल्डोले यो विश्वकपमा पहिलो ह्याट्रिक गरे।

ग्रुप ‘बी’ को यस भिडन्तलाई समूह चरणकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेल मानिएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved