साउदी अरबद्वारा यमनलाई सशस्त्र हुठी समूह बाट मुक्त गर्न आग्रह

  • प्रकाशित मितिः मंसिर २५, २०७४
  • 304 पटक पढिएको
  • समय अनलाइन

रियाद/ साउदी अरबले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहलाई हुठी विद्रोहीले हत्या गरेपछि पहिलोपटक औपचारिक धारणा सार्वजनिक गर्दै मङ्गलबार इरानको सहयोग प्राप्त हुठी लडाकूबाट यमनलाई मुक्त गर्नुपर्ने बताएको छ ।

साउदी अरबको मन्त्रीपरिषद्ले एक विज्ञप्ति जारी गरी “यमनी जनताद्वारा नेतृत्व गरेको विद्रोहले इरानको सहयोग प्राप्त विखण्डनकारी हुठी लडाकूबाट यमनलाई मुक्त गर्ने विश्वास लिएकोे,” साउदी अरबको एसपिए न्यूज एजेन्सीले जनाएको छ ।

विज्ञप्तिमा ‘इरानबाट सहयोगप्राप्त’ यमनी हुठी समूहद्वारा सोमबार मारिनुभएका पूर्व राष्ट्रपति सालेहको बारेमा केही जनाइएकोे छैन । यमनमा करिब ३३ बर्ष शासन गरेका सालेहले सन् २०१४ पछि यमनी सिया हुठी विद्रोहीको सहयोग लिनुपूर्व साउदी अरबको सहयोगी थिए ।

सालेह, उहाँका भतिजा, केही आफन्त र सालेहको दलका महासचिव सबै जनालाई सोमबार खावलान जिल्लाबाट साउदी अरब नेतृत्वको गठबन्धनको नियन्त्रणमा रहेको मारिव प्रान्ततर्फ भाग्ने क्रममा मारिएको, यमनीगृह मन्त्रालयले सोमबार जनाएको थियो ।


पूर्व राष्ट्रपति सालेहले शनिबार इरान समर्थक हुठी विद्रोहीसँगको गठबन्धन अन्त्य भएको घोषणा गर्नुभएको थियो । सालेहले हुठी विद्रोहीको सहयोगमा यमनी राजधानी सानामा करिब तीन वर्ष संयुक्त रूपमा शासन सम्हालेका थिए ।

इरानले यमनी हुठी विद्रोहीलाई हतियार दिएको भन्ने साउदी अरबको भनाईलाई खण्डन गर्दै आएको छ । रासस एएफपी

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved