एम्बुस बन्दै राजमार्ग आसपासका रुख

  • प्रकाशित मितिः असार २, २०७५
  • 1198 पटक पढिएको
  • Mausam

पुर्बपश्चिम राजमार्ग आसपासमा रहेका बिभिन्न प्रजातिका रुखहरु यतिबेला एम्बुस बन्न थालेका छन । बिशेषगरी बर्खायाममा हावाहुरी र बर्षाका कारण पनि राजमार्गमा उत्तिकै जोखिम बढेर गएको छ । सामान्य हावाहुरीमा समेत यात्रुहरुले राजमार्गमा ओहोरदोहोर गर्न भगवान पुकार्नुपर्ने अबस्था सिर्जना भएको छ । राजमार्गका आसपासमा रहेका अधिकांश रुखहरु सुकेका,ढल्न आँटेका त छँदैछन त्यसमाथि रुखका हाँगाहरु राजमार्गमै तेर्सिएका र राजमार्गको साईडमा रहेको बिजुलीको मेन तारमा समेत छुने र त्यसबाट करेण्ट प्रबाह हुने गरेका कारण खतरा झनै बढेर गएको छ ।

सुनसरीको ईटहरी पुर्ब र झापाको दमक पश्चिमको क्षेत्रमा राजमार्गमा यात्रुहरुले जोखिम मोलेर हिँडनुपर्ने अबस्था सिर्जना भएको छ । राजमार्ग आसपासमा भएका पुराना रुखहरु नकाटिँदा र हाँगाहरु सडकमै रहेका कारण हावाहुरी चलेका बेला झनै खतरा हुने गरेको छ ।

शुक्रबार दिँउसो आएको हावाहुरीका कारण मोरङको सुन्दरहरैचादेखि सुनसरीको ईटहरी सम्मको क्षेत्र कुनै युद्धग्रस्त क्षेत्र भन्दा कम खतरा थिएन । राजमार्ग आसपासका रुखहरु हावाहुरलिे ढालेपछि सडक अबरुद्ध मात्र भएन । बिद्युत सेवा समेत अबरुद्ध भएको छ । सो क्षेत्रमा दर्जनौ सिसौ लगायतका रुखहरु राजमार्गमा ढलेका छन । यो पछिल्लो उदाहरण मात्र हो । राजमार्गमा हावाहुरी नचल्दा समेत रुखहरु ढलेर लाग्ने होकी भन्ने चिन्ताले यात्रुहरुलाई पिरोल्ने गरेको छ ।

राजमार्गका रुखहरुबाट खतरा भएको स्वीकार गर्छन जिल्ला बन कार्यलय मोरङका प्रमुख डा.बिनोद देवकोटा । राजमार्ग रुखहरुको खतरा बढेको र नियम संगत रुपमा प्रक्रिया पुर्याएर हटाउने समेत उनले बताएका छन । यता सेक्टर बन कार्यलय बेलबारीका प्रमुख शत्रुधनलाल देब पनि राजमार्गमा रुखहरुको खतरा बढेको स्वीकार गर्छन । उनले पनि राजमार्गका रुखहरु प्रक्रिया पुर्याएर हटाउन सकिने बताएका छन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved