बिराटनगर बिमानस्थलबाट अब धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण

  • प्रकाशित मितिः मंसिर ५, २०७६
  • 1293 पटक पढिएको
  • समय अनलाइन

प्रदेश १ का धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणका लागि हवाई सेवा सुरु गरिने भएको छ।   ताप्लेजुङको पाथिभरा मन्दिर, खोटाङको हलेसी महादेव मन्दिरसमेतका धार्मिक तीर्थस्थल र अन्य पर्यटकीय स्थललाई लक्षित गरेर सेवा सुचारु गर्न लागिएको हो। जसले धार्मिक तथा आन्तरिक पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ। विराटनगर विमानस्थलबाटै मंसिर तेस्रो सातादेखि सेवा सञ्चालनका लागि विराट होलिडे ग्रुप, सीता एयर र माउण्टेन हेलिकप्टर कम्पनीबीच सहमति भएको छ। 

ग्रुपका अध्यक्ष भविषकुमार श्रेष्ठले माग धेरै आएका कारण धार्मिक तीर्थस्थलसँगै हिमालय क्षेत्रको दृश्यावलोकनका लागि पर्वतीय उडान भर्ने गरी हवाई सेवा सुरु गर्न लागिएको बताए। 

विराटनगरबाट जहाजमा ताप्लेजुङको सुकेटार र त्यहाँबाट हेलिकप्टरमा पाथिभरा मन्दिर दर्शनका लागि तीर्थयात्रीलाई लैजाने योजना रहेको श्रेष्ठले बताए। उनका अनुसार त्यस अघि नै माउण्टेन हेलिकप्टर सुकेटार विमानस्थलमा लगेर राखिने छ। 

सुकेटारबाट पाथिभरासम्मको हेलिकप्टर उडान ७ मिनेटको हुने जानकारी उनले दिए। ‘त्योबाहेक धरानबाटै सिधै हेलिकप्टमामा पाथिभरा उडान भर्ने योजना पनि छ’, उनले भने, ‘हलेसी महादेवको दर्शन गर्न जान चाहने भक्तजनहरूलाई पनि धरानबाटै हेलिकप्टरमा लैजान सकिन्छ।’

जहाजमा जान चाहनेलाई लामीडाँडा विमानस्थलसम्म जहाजमा लैजाने योजना छ। त्यसपछि गाडीमा लगेर हलेसीको दर्शन गरेर फर्किएपछि जहाजमै विराटनगर ल्याइने श्रेष्ठले बताए। जहाजबाट पर्वतीय उडान पनि भर्ने योजना छ। हेलिकप्टरले एक पटकमा ५ जना यात्रु बोक्नेछ। ६ जनाको क्षमता भएको हेलिकप्टरले उच्च क्षेत्रमा उडान गर्नु पर्ने भएकाले ५ जना मात्रै यात्रु बोक्ने श्रेष्ठको भनाइ छ। 

भ्रमण वर्ष २०२० लाई समेत धार्मिक तथा पर्यटकीय क्षेत्रलाई लक्षित गरेर सुरु गरिएको हवाई सेवाले मद्दत गर्ने पर्यटन व्यवसायीको बुझाई छ।   

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved