उच्च अदालतको न्यायाधीशमा १२ को नाम सिफारिस (नामावली सहित)

  • प्रकाशित मितिः मंसिर ५, २०७६
  • 863 पटक पढिएको
  • समय अनलाइन

न्याय परिषदले उच्च अदालतमा १५ न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । बुधबार बसेकाे परिषद् बैठकले जिल्ला न्यायाधीशबाट ६ जना, महान्यायाधीवक्ता कार्यालयमा कार्यरत सहसचिवबाट एक जना र अधिवक्ताबाट ८ जनालाई उच्च अदालतमा सिफारिस गरेको हो ।

जिल्ला अदालतका न्यायाधीश किरणकुमार पोखरेल, मुरारीबाबु श्रेष्ठ, सुदर्शन राज पाण्डे, दीपेन्द्र अधिकारी, रमेशराज पोखरेल, नरिश्वर भण्डारीलाई परिषदले उच्च अदालत तानेको छ ।

न्यायाधीश किरणकुमार पोखरेललाई विराटनगर उच्च अदालत, श्रेष्ठलाई उच्च अदालत सुर्खेतको जुम्ला इजलास, पाण्डेलाई उच्च अदालत पोखराको बाग्लुङ इजलास, अधिकारीलाई उच्च अदालत जनकपुरको राजविराज इजलास, न्यायाधीश रमेश पोखरेललाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलास र भण्डारीलाई उच्च अदालत विराटनगरका लागि नियुक्ति सिफारिस गरिएको परिषदले जनाएको छ ।

महान्यायाधीवक्ता कार्यालयका सहन्यायाधीवक्ता गीताप्रसाद तिमिल्सिनालाई उच्च अदालत जनकपुरको राजविराज इजलासको न्यायाधीश मा नियुक्ति गर्ने गरि सिफारिस गरेको छ ।

अधिवक्ताबाट मिलन कुमार राईलाई उच्च अदालत दिपायल, राजुराम सिलवाललाई उच्च अदालत विराटनगरको ओखलढुंगा इजलास, मेरीना श्रेष्ठलाई उच्च अदालत तुलसीपुर, मिना गौतम सेढाईंलाई उच्च अदालत पाटन, र सोमकान्त मैनालाई उच्च अदालत विराटनगरको धनकुटा इजलासका लागि न्यायाधीश नियुक्ति गर्न सिफारिस गरिएको परिषदले जनाएको छ ।

तुलसीपुर उच्च अदालतको वुटवल इजलासका न्यायाधीश दयानाथ खरेलले मंसिर १५ मा अवकास पाएपछि देशबहादुर सार्कीलाई, उच्च अदालत पाटनका न्यायाधीश नरेन्द्र शिवाकोटीले मंसिर १६मा अवकास पाएपछि रेखा थापा पाण्डेलाई र उच्च अदालत पोखराका जगतबहादुर श्रेष्ठ मंसिर २१ मा अवकास पाएपछि किरण कुमारी गुप्तालाई नियुक्ति गर्ने गरी सिफारिस गरिएको छ । उनीहरूलाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले नियुक्त गरी सपथ खुवाउने छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved