प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनका लागि निर्वाचन आयोगले लागू गरेको निर्वाचन आचारसंहिताको सरकार पक्षले नै उल्लंघन गरिरहेको भन्दै आयोगको ध्यानाकर्षण गराएको छ।
कांग्रेस नेता रमेश लेखकको नेतृत्वमा रहेको कांग्रेसको निर्वाचन आचारसंहिता अनुगमन समितिले बिहीबार विज्ञप्ती जारी गर्दै आचारसंहिताको पूर्ण पालना गराउने तर्फ आयोगलाई जिम्मेवार बन्न आग्रह गरेको छ।
समितिका संयोजक लेखकले आगामी १४ मंसिरमा हुने उपनिर्वाचनमा सरकार पक्षबाटै आचारसंहिताको उल्लंघन भइरहेको र आयोगले समेत स्वतन्त्र रुपमा निगरानी गर्न नसकेको भन्दै सबै पक्षलाई आचार संहिताको पालनामा उत्तिकै जिम्मेवार बनाउन आयोगको भूमिका महत्वपूर्ण हुने बताए।
‘सरकार पक्षबाटै आचार संहिताको उल्लंघन भइरहेको छ, आयोगले आचार संहिताको स्वतन्त्र रुपमा निगरानी गर्न नसके जस्तो देखिँदै छ,’ नेता लेखकले भने, ‘सबै पक्षलाई आचारसंहिता पालनामा उत्तिकै जिम्मेवार बनाउन आयोगको थप बलियो भूमिका आवश्यक छ ।’
उपनिर्वाचनका लागि निर्वाचन आयोगले ८ कत्तिकदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता लागू गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved