श्रीमतीसँगको अबैध सम्बन्ध ‘रङगेहात’ देखेपछि छिमेकीको हत्या

  • प्रकाशित मितिः मंसिर ६, २०७६
  • 1223 पटक पढिएको
  • समय अनलाइन

श्रीमान र श्रीमती मिलेर छिमेकी कारी यादवको हत्या गरिएको खुलेको छ । इनरुवा ३ सोमबारेका कारी यादव हत्यामा छिमेकी अशोक पण्डित र उनकी श्रीमती अनिता पण्डितकाे संलग्नता खुलेको हो ।
प्रहरीले पत्रकार सम्मेलन गरि हत्यामा संलग्न दुवैलाई सार्वजनिक समेत गरेको छ ।

पक्राक्र परेकाहरुसँगको बयान तथा खोज अनुसन्धानका क्रममा कारी यादवको हत्यामा अनैतिक सम्वन्ध प्रमुख कारक रहेको खुलेको हो । अनिता र कारीबिच अनैतिक सम्वन्धको कुरा प्रहरी अनुसन्धानको क्रममा समेत खुल्न आएको बताइएको छ ।

कल डिटियल र वस्तुस्थित अध्ययनका क्रममा अशोक र अनितालाई पक्राउ गरि प्रहरीले म्याद थप समेत गरेको छ ।
प्रहरी उपरीक्षक यज्ञबिनोद पोखरेलले पत्रकार सम्मेलन गरि घटना विवरण सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनकाबिच अशोक र अनिताले हत्या गरेको समेत स्विकारेका छन् ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार रातीको ११ बजेको समयमा कारी र अनिताबिच फोनमा कुराकानी भएपश्चात हत्या भएको जानकारी प्रहरीले दिएको छ । प्रहरीका अनुसार कारीले फोन गरेर अनितालाई घरबाहिर बोलाएका थिए ।

प्रहरीका अनुसार धक्काधक्की पश्चात कारीमाथि हरेलु हतियारले प्रहार गरिएको थियो । त्यसपश्चात डोरीले घाँटी बाँधेर हत्या पश्चात अशोकले कारीको शव घिसारेर घर पछाडी लगि छाडेका थिए । अनिताले भने कारीको मोबाइल आगोमा हालेर डढाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved