अष्ट्रेलियाविरुद्ध फ्रान्सको २–१ गोलको जित

  • प्रकाशित मितिः असार २, २०७५
  • 1091 पटक पढिएको
  • Bipin

अष्ट्रेलियाविरुद्ध फ्रान्सको २–१ गोलको जित

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘सि’ को पहिलो खेलमा फ्रान्सले जित हात पारेको छ । फ्रान्सले अष्ट्रेलियाविरुद्ध २–१ गोलको जित निकालेको हो ।

फ्रान्सको जितमा एन्टोइनी ग्रिजम्यान र पाउल पोग्बाले गोल गरे । त्यस्तै, अष्ट्रेलियाका लागि माइल जेडिनकले गोल गरेका थिए ।

 

खेलको खेलको ८१औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै फ्रान्सलाई २–१ गोलको जित दिलाएका हुन् । फ्रान्सले गोल गर्ने निकै सुनौलो अवसर खेर फालेको थियो ।यसअघि खेलको ५८औं मिनेटमा फ्रान्सले पेनाल्टीबाट नै गोल गर्दै अग्रता बनाएको थियो । फ्रान्सका लागि एन्टोइनी ग्रिजम्यानले पेनाल्टीबाट गोल गरेका थिए । डिबक्सभित्र ग्रिम्यानलाई फल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो ।

फ्रान्सले गोल गरेको ४ मिनेटपछि नै अष्ट्रेलियाले पनि पेनाल्टीबाटै गोल गर्दै बराबरी गोल गरेको थियो । खेलको ६२औं मिनेटमा फ्रान्सका डिफेन्डरले ह्यान्ड गरेपछि अष्ट्रेलियाले पेनाल्टी पाएको थियो । पेनाल्टीमा माइल जेडिनकले गोल गर्दै १–१ गोलको बराबरीमा पु¥याएका थिए ।

पहिलो हाफमा भने दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । सुरुवाती समयमा केही आक्रमक खेल खेलेको फ्रान्सले एकपछि अर्को आक्रमक रणनीति बनाएपनि सफल हुन भने सकेन । रसिया कजान शहरस्थित कजान एरिनामा अष्ट्रेलियाले प्रहार गरेको सर्ट फ्रान्सका गोलकिपरले बचाएका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved