१ नं. प्रदेशका कारागारमा लागूऔषध र बलात्कारका कैदी धेरै

  • प्रकाशित मितिः मंसिर ७, २०७६
  • 1195 पटक पढिएको
  • समय अनलाइन

प्रदेश १ का कारागारमा लागूऔषध र बलात्कारसम्बन्धी अपराधका कैदीबन्दी धेरै रहेको पाइएको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरको अध्ययनले बलात्कार (जबरजस्ती करणी), बलात्कार प्रयास (जबरजस्ती करणी उद्योग) र लागूऔषध कारोबार एवं ओसारपसार सम्बन्धी अपराधका कैदीबन्दी संख्या ५३ प्रतिशत रहेको देखाएको हो।

अध्ययनअनुसार प्रदेशका १४ वटा कारागारमा जम्मा ५ हजार १ सय ४८ कैदीबन्दी रहेका छन्। यीमध्ये बलात्कार, बलात्कार प्रयास र लागूऔषधसम्बन्धी मात्रै २ हजार ७ सय ७४ कैदीबन्दी रहेको प्रदेश १ का प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिए। उनका अनुसार बलात्कार र बलात्कार प्रयाससम्बन्धीका १ हजार ९ सय ३६ जना छन् भने लागूऔषधका ८ सय ३८ जना रहेका छन्। यस्तै अन्य अपराधसम्बन्धी २ हजार ३ सय ७४ जना कैदीबन्दी छन्।

सुनसरी, झुम्कास्थित क्षेत्रीय कारागारमा १ हजार ७ सय ३७ कैदीबन्दी छन्। लागूऔषध र बलात्कारसम्बन्धी मात्रै ९ सय ८७ जना छन्। झापा कारागारमा रहेका १ हजार १ सय ३३ मध्ये लागूऔषध र बलात्कारसम्बन्धीका ६ सय १० कैदीबन्दी छन्। इलाममा १ सय ७१ मध्ये ९४, पाँचथरमा १ सय ५५ मध्ये ५६, ताप्लेजुङमा १ सय ३१ मध्ये ४७ जना कैदीबन्दी लागूऔषध र बलात्कारसम्बन्धी रहेका छन्।

मोरङ कारागारमा रहेका ९ सय ७ मध्ये ६ सय ७४ जना लागूऔषध र बलात्कारसम्बन्धी अपराधका कैदीबन्दी छन्। धनकुटामा रहेका ६४ मध्ये ३२, उदयपुरमा २ सय २ मध्ये ९८, खोटाङमा १ सय १३ मध्ये ३३, ओखलढुंगा कारागारका ६८ मध्ये २१ जना लागूऔषध र बलात्कारसम्बन्धी कैदीबन्दी छन्। भोजपुरमा १ सय १३ मध्ये ३६, संखुवासभामा १ सय १० मध्ये ११, तेह्रथुममा ८८ मध्ये ४९ र सोलुखुम्बु कारागारमा ७५ मध्ये २६ जना कैदीबन्दी बलात्कारसम्बन्धीका छन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved