धर्म परिवर्तन गराउँदै हिँड्ने कर्मचारी पक्राउ

  • प्रकाशित मितिः असार ३, २०७५
  • 1024 पटक पढिएको
  • Prakash

धर्म परिवर्तन गराउँदै हिँड्ने कर्मचारी पक्राउ

विराटनगर हिन्दु धर्मावलम्बीहरुलाई क्रिस्चियन बनौं भनेर धर्म परिवर्तन गराउँदै हिडेका विराटनगर १५ का दीपु कर्मचारीलाई विराटनगर १२ का स्थानीय युवाले पक्राउ गरेर प्रहरीलाई बुझाएका छन् । विराटनगर १५ बस्ने ५० वर्षीय कर्मचारीलाई स्थानीय युवाहरुले पक्राउ गरी प्रहरीको जिम्मा लगाईदिएका हुन् ।

कर्मचारी इशाई धर्म लिँदा यो हुन्छ त्यो हुन्छ भनेर प्रलोभन देखाएर धर्मको प्रचार गरिरहेका थिए । स्थानीय खुश्बु कामतको घरमा आएर आफ्नो धर्म लिएर चर्च गए दुःख हरण हुने भन्दै आफ्नो धर्ममा आबद्ध हुन प्रलोभन देखाइरहेको अवस्थामा स्थानीय युवा अमितकुमार देवको अगुवाईमा उनलाई पक्राउ गरिएको हो ।

स्थानीय खुश्बु कामतले उनी आफ्नो घर आएर पहिले पानी खान मागेको र उनको धर्मका प्रचारहरु देखाउँदै यस्तो धर्ममा लाग्दा सबैको भलाई हुने भन्दै उनलाई यही धर्म अपनाउन करकाप लगाएको बताउँछिन् ।

यता कर्मचारीले भने आफूले उनीहरुलाई कुनै करकाप नलगाएको बताएका छन । उनले आफू यहाँ बारम्बार आएपनि कसैलाई प्रलोभनमा नपारेको खुलाउँछन् । उनले भने, ‘मैले उनलाई किताबमा यो यो छ भनेर खुलाउन मात्रै चाहेको हुुँ । म सर्बत्र खुशी देख्न चाहेकाले यस धर्मको प्रचार गरेको हो ।’ उनका अनुसार उनी विगत ६,७ वर्षदेखि यस धर्ममा आवद्ध छन् । उनी अहिले यस धर्मका लागि स्वयम्सेवकको रुपमा खटिएका छन् ।

यसैबीच यहीँ घटनाका विषयमा स्थानीय अमितले कर्मचारीलाई पक्रिएर लगातार प्रहरीको आपतकालिन फोन नम्बरमा सम्पर्क गरे । तर, डेढ घण्टा बितिसक्दा पनि आपतकालिन विभागबाट कोहीलाई नपठाएको र प्रहरी समयमा नआइपुगेको भन्दै स्थानीयले केहीबेर आक्रोश व्यक्त गरे ।

प्रहरीलाई धेरैअघिदेखि फोन गरेपनि प्रहरी भने करिब डेढघण्टा पछाडि पुगेको थियो । विराटनगर महानगरपालिका वडा नं १२ का प्रहरी उपरीक्षक धनबहादुर चौहानका अनुसार प्रहरी प्रशासनबाट ढिलो खबर आएका कारण आफ्नो टोली समयमा आइनपुगेको बताए ।

वडा कार्यालय १२ को प्रहरी टोलीले उनलाई पक्राउ गरेर लगेको छ । हाल नेपालमा बढ्दै गएको धर्म परिवर्तनलाई अपराध मानिने र कडा सजायको भागिदार हुनु पर्ने छ । सरकारले धर्मपरिवर्तनलाई फौजदारी अपराध बनाएपछि नयाँ कानूनको एक दफामा कसैले पनि धर्मान्तरणमा संलग्न हुन वा त्यसका लागि प्रोत्साहन गर्न हुँदैन भनी उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved