पाँचथरमा उपनिर्वाचनको तयारी अन्तिम चरणमा

  • प्रकाशित मितिः मंसिर १०, २०७६
  • 1073 पटक पढिएको
  • समय अनलाइन

यही मंसिर १४ गते हुने उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन प्रयोगका लागि दिइने सामाग्रीहरु तयारी अवस्थामा रहेको जिल्ला निर्वाचन कार्यालय पाँचथरका निमित्त जिल्ला निर्वाचन अधिकारी सरोज मेहत्ताले जानकारी दिए ।

यसअघि मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई मतदान तथा मतगणना सम्वन्धी प्रशिक्षण दिइसकिएको कार्यालयले जनाएको छ ।

यस्तै राजनीतिक दलसँग छलफल अन्तरक्रिया कार्यकम गरिसकिएको, मतदाता शिक्षा कार्यक्रम अन्र्तगत कार्यकर्ताहरु मतदान स्थलमा खटिसकिएको उनले बताए ।

मत बदर न्यूनीकरण गर्ने प्रयास स्वरुप मतदातालाई अहिले फाल्गुनन्द गाउँपालिकामा १४ जना, फिदिम नगरपालिका वडा नम्बर १ र हिलिहाङ गाउँपालिका वडा नम्बर ७ मा २, २ जनाका दरले सहजकर्ता परिचालन गरिएको कार्यालयले जनाएको छ ।

फाल्गुनन्द गाउँपालिकामा अमरकुमार नेम्बाङको निधन भएपछि पालिका प्रमुखमा, फिदिम नगरपालिका वडा नम्बर १ मा वडाअध्यक्ष हर्कबहादुर मोक्तानको निधन भएपछि वडाअध्यक्ष पदमा र हिलिहाङ गाउँपालिका वडा नम्बर ७ मा वडाअध्यक्ष तीर्थ तिम्सिनाको निधन भएपछि वडा अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।  

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved