सुनसरीको बराहक्षेत्रमा तिरुपति बालाजी दिव्य धाम निर्माण कार्य सुरु

  • प्रकाशित मितिः मंसिर ११, २०७६
  • 908 पटक पढिएको
  • समय अनलाइन

भारतको आन्द्र प्रदेसमा रहेको तिरुपति बालाजी मन्दिरकै स्वरुपमै निर्माण सम्पन्न गर्ने लक्ष्य सहित धार्मिक नगरी सुनसरीको बराहक्षेत्रमा तिरुपति बालाजी दिव्य धाम निर्माण कार्य सुरु भएको छ । बराहक्षेत्र नगरपालिका २ पुनर्वासमा रहेको बेंकटेश रामानुज सत्संग मन्दिर रहेको क्षेत्रमा पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित तिरुपति बालाजी दिव्य धाम निर्माण कार्य सुरु गरिएको हो ।

भारतमा रहेको तिरुपति बालाजी मन्दिरकै कला तथा शैलीमा मन्दिर निर्माण गरिने साथै नेपाली कलाले भरीपुर्ण आधुनिक सुविधायुक्त ४० कोठे आश्रम , विद्यालय , पार्कीगं, योगशाला, जडबुटी प्रशोधन गर्ने स्थल समेत दिव्य घाममा समेट्ने गरी काम भई रहेको तिरुपति बालाजी दिव्यधाम निर्माण समितिका अध्यक्ष स्वामी हरिप्रपन्नाचार्यले जानकारी दिए । २० करोडको लागत लाग्ने अनुमान सहित निर्माण कार्य सुरु भएको दिव्यधाम निर्माण सम्पन्न आगामी पाँच वर्ष भित्रमा सक्ने समेत लक्ष्य राखिएको उनले वताए ।

दिव्यधाम निर्माण कार्यमा सहयोग जुटाउन अस्ट्रेलिया ,अमेरिका ,क्यानडा ,बेलायतमा समेत उपसमिति बनाइए दाताहरुबाट सहयोग जुटाउने काम समेत भईरहेको जनाइएको छ । प्राचिन हरिद्धारका नामले परिचित सुनसरीको चतरा क्षेत्रमा निर्माण गरिने तिरुपति बालाजी दिव्यधाम निर्माण कार्य परियोजना तयार पारेर पहिलो चरणमा मन्दिर निर्माण कार्य सुरु गरिएको समितिका महासचिव चेतप्रसाद बरालले वताए । पवित्र दिव्यधाम निर्माण कार्यमा दाताहरुको सहयोगले गर्दा पाँच वर्ष अघिनै निर्माण सम्पन्न हुने महासचिव बरालले विश्वास लिएका छन ।

भारतमा रहेको तिरुपति बालाजी मन्दिरकै कला शैली देखि लिएर टुडाँल सम्म त्यस्तै शैलिमा वनाउन कालीगढ समेत भारतबाटै ल्याइने वताइएको छ । तिरुपति बालाजी दिव्यधामको केही दिन अघि प्रदेस नम्बर १का कानुन मन्त्री हिक्मत कार्कीले शिलान्यास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved