धरानमा प्रचण्डले भने: कांग्रेसले नेकपाका बारेमा चिन्ता नलिए हुन्छ

  • प्रकाशित मितिः मंसिर ११, २०७६
  • 1049 पटक पढिएको
  • समय अनलाइन

मंसिर १४ मा हुने उपनिर्वाचनलाई लक्षित गर्दै नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपाका बारेमा कांग्रेसलाई चिन्ता नगर्न आग्रह गरेका छन् । उनले कांग्रेसको अवस्था आफ्नै कारणले खस्किएकोले आफ्नै चिन्ता गर्न कांग्रेस नेताहरुलाई सुझाव दिए ।

‘कांग्रेसले यस्तै प्रवृत्ति देखाएमा कुनै दिन कांग्रेस पनि थियो रे भन्ने दिन आउन सक्छ । बत्ति बालेर खोज्ने दिन आउन सक्छ,’ दाहालले भने । आफूहरुले कांग्रेसलाई गतिलो प्रतिपक्षीको रूपमा देख्न चाहेकोले कांग्रेसलाई कम्युनिष्टविरुद्ध नलाग्न आग्रह समेत गरे ।


धरानको चुनावी आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘जसरी राष्ट्रपति महिला समुदायबाट हुनुभएको छ त्यसरी नै भविष्यमा नेकपाकै प्रस्तावमा समावेशी प्रतिनिधित्वको आधारमा आदिवासी–जनजाति महिला र मधेसी समुदायबाट पनि प्रधानमन्त्री बन्नेछन् ।’


यस्तै नेकपा संसदीय दलका उपनेता सुवाषचन्द्र नेम्वाङले मुलुकको विकास गर्ने दल नेकपामात्र भएको बताए । प्रधानमन्त्रीकै सक्रियतामा भारतले अतिक्रमण गरेको लिपुलेक, कालापानी फर्काउन पहल भइरहेको बताए । उनले भने, ‘तर यसै विषयलाई कांग्रेसले चुनावी एजेण्डा बनाएर नेकपा सरकार कमजोर रहेको देखाउन खोजेको छ । कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूभाग रहेकाले नेपालको एक इञ्च जमिन पनि हड्पेको सहदैनौं । र अर्काको एक इञ्च जमिन चाहिँदैन ।’

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved