विराटनगर ईदको अवसरमा सार्वजनिक विदा नदिएको भन्दै विराटनगरमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ । विराटनगरको भन्सार क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको हो ।
राष्ट्रबादी युवा समूहको अगुवाईमा विरोध ¥याली सहित निकालिएको प्रर्दशनकारीको जुलुसले विराटनगर भन्सारक्षेत्रको दुई नम्बर गेट छेउमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । मुस्लिम समूदायको सबभन्दा ठूलो चाडमा विदा कटौती गरिएको र सो बिषयमा आफूहरुले सांकेतिक आन्दोलन गर्दै आएपनि सरकारले नसुनेका कारण विरोधस्वरुप प्रधानमन्त्रीको पुत्ला दहन गरिएको राष्ट्रबादी युवा समुहका अध्यक्ष मुस्लिम मियांले जानकारी दिनुभयो ।
विराटनगरको वडानम्बर १७ रानीचोकतर्फबाट निस्किएको समुहले प्रधानमन्त्री र सरकार बिरोधी नाराबाजी गर्दै पुत्ला दहन गरेको थियो । प्रर्दशनकारीले पुत्ला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रर्दशनकारी र प्रहरीबीच घम्साघम्सी समेत परेको थियो । भन्सारक्षेत्रको दुई नम्बर गेट छेउमा पुत्ला दहन गरेपछि प्रर्दशनकारी फेरी रानी चोकतर्फ नै गएका थिए ।
यसैबीच मुस्लिम समुदायको महानचाड इदको अवसरमा युथ युनिटी अफ नेपालले विराटनगरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । सो संस्थाले विराटनगरको रानीचोकमा कार्यक्रमको आयोजनागर्दै शुभकामना आदानप्रदान गरेको छ । सो अवसरमा स्थानिय मस्जिदबाट नमाज पढेर निस्किएका ब्रतालुलाई चिसो पेय पदार्थ वितरण गरिएको थियो । इद आपसी भातृत्व बढाउने पर्व रहेकाले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष जफर इकबालले जानकारी दिनुभयो ।-नेपाल समाचारपत्र
इस्लामले मुस्लिम समुदायका लागि दुईवटा पर्व प्रचलनमा ल्याएको छ । तिनीहरू ईदुल फित्र – ईद र ईदुज्जुहा – बकरी ईद हुन् । यी दुईमध्ये पहिलो पर्व ईदुल फित्र अरबी पात्रोको नवौं महिना रमजानका २९ वा ३० दिन रोजा – राखेको खुसियालीमा मनाइन्छ भने दोस्रो पर्व त्यो अद्वितीय कुरबानी -बलिदानको सम्झना हो जो आजभन्दा चार हजार वर्ष पहिला हजरत इब्राहिमले आफ्नो पालनहार अल्लाहका सम्मुख प्रस्तुत गरेका थिए ।
इस्लाम धर्मावलम्बिहरूले संसारभरी नै प्राय: एकै किसिमले मनाउने यो चाड नेपालमा वसोवास गर्ने मुसलमानहरूले पनि धूमधामका साथ मनाउँदछ्न् । बकरिद नामले पुकारिने मुसलमानहरूले हिजरिसम्वत् अनुसार उदर्भ महिनामा १ महिनासम्म मनाइने प्रमुख चाड हो । यसको नियममा १ महिनासम्म सुर्यन नअस्ताउन्जेल पूर्णरुप उपवास (व्रत) बस्ने र अर्को महिनाको शुरूको दिनको चन्द्रमाको दर्शन गरेपछी खाने चलन छ । नव वर्षको शुभकामना स्वरूप इद मुवारकको आदानप्रदान गरिन्छ ।