इनरुवा नगर क्षेत्रभित्र बिक्रीका लागि राखिएका माछामासुहरु खानका लागि अति हानिकारक र अस्वस्थ्य भन्दै फ्रेस हाउस सुधारका लागि चेतावनी दिएपनि सार्वजनिक ढलनालामा माछा मासुको खुल्ला बिक्री गर्ने क्रम रोकिएको छैन ।
इनरुवा १ स्थित गुद्रीभित्र रहेको माछामासुको बजार तथा भवनहरु इनरुवा नगरपालिकाले भत्काए पछि तीन सातादेखि माछामासु व्यवसायीहरुले बाहिर ढलनाला माथि माछामासु बिक्री गरिरहेका छन ।
ढलनालामा घरको भान्छादेखि वाथरुमसम्मको फोहर पानी सडेगलेका फलफूल तरकारीहरु सँगै विभिन्न कुहिएका खाद्यय वस्तुहरु समेत जथाभावी फ्याकेको र त्यसको सफाईमा पनि स्थानीय सरकारले ध्यान नदिदा प्रर्दुषित बनेको छ ।
त्यस क्षेत्रका ढलमा सेतो रङको पुच्छर भएको किरा सलल हिडीरहेको भुँईमा माछा र टेवलमा मासुको बिक्री गर्ने गरिएको छ ।
सचेत उपभोक्ताहरु सडकमा दोहोरो गुड्ने सवारी साधनले उडाएको धुलो घुवासँगै फोहरमैलामा बिक्रीका लागि राखिएका माछा मासु खरिद खरिद नगरी फर्किने गरेपनि असचेत उपभोक्ताहरु भने त्यस्तै प्रर्दुषित जोखिमपूर्ण माछामासु उपभोग गरिरहेका छन ।
माछा बिक्रीका लागि आएकी सोमनी मुखियाले किनेर ल्याएको माछा केही नाफा हुन्छ भनेर ल्याएको ग्राहकहरुले भुईमा राखेर बिक्री गरेको भन्दै नकिनी फर्कने गरेका कारण समस्या भएको बताईन ।
दुर्गन्धका कारण सो क्षेत्रमा सडक हिड्ने सर्वसाधरणहरुले समेत नाक थुनेर सागसब्जी खरिद गरि फर्कने गरेका छन । गुद्री क्षेत्रको ढलनालामा माटो पुरिएर पानी बग्ने फोहर सफा हुने क्रम बन्द भएपछि सरसफाई नहुदा त्यहाँ दुगन्र्ध फैलिएको हो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved