मंसिर १४ गते धरानमा हुने मेयर तथा वडाध्यक्षको पदका लागि हुने उपनिर्वाचनको तयारी पुरा भएको छ । मतदान केन्दं्रमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी मतदान केन्द्रमा पुगिसकेका छन् भने मतदान केन्द्र बनाउने काम सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले मतदानको लागि खटिने कर्मचारीलाई सम्पूर्ण तालिम दिएर मतदान केन्द्रतर्फ पठाइसकिएको बताएका छन् ।
साथै उनले विहीबार देखी नयाँ मतदाता परिचय पत्र वितरण समेत सुरु गरेको छ । धरानको उपनिर्वाचनका सबै प्रकृया पुरा गरेर यहाँ रहेका २८ मतदान स्थलका ९९ मतदान केन्द्रमा खटिने कर्मचारीलाई तालिम दिएर सम्बन्धित केन्द्रमा खटाइसकिएको छ । उनले निर्वाचनको लागि उच्च सुरक्षाको व्यवस्था गरिएको र मतदानको वातावरण समेत अनुकुल भएकोले सबै मतदातालाई भयरहित वातावरणमा मतदान गर्न आह्वान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved