चतराका सिद्धबाबा भनिने कृष्णदासलाई बलात्कारको आरोप

  • प्रकाशित मितिः मंसिर १३, २०७६
  • 1039 पटक पढिएको
  • समय अनलाइन

बलात्कारजस्तो गम्भीर मुद्दामा प्रहरीले जाहेरी लिन अस्वीकार गरेको छ। आरोपित व्यक्तिको दबाबका आधारमा प्रहरीले जाहेरी लिन नमानेको हो ।

सुनसरीको चतरास्थित आश्रममा बस्ने सिद्धबाबा भनिने कृष्णदास गिरीमाथि बलात्कारको आरोप छ। आफ्नै अनुयायी महिलामाथि गत ४ कात्तिकमा बलात्कार गरेको पीडितको भनाइ छ। पीडितले प्रहरीमा जाहेरीसमेत दिइसकेकी छिन्। तर, प्रहरीले जाहेरी दर्ता गरेर आरोपीलाई पक्राउ नगर्दा पीडितमाथि उजुरी फिर्ता लिन दबाब बढेको छ।

आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको पीडित महिलाले दिएको जाहेरीमा उल्लेख छ। प्रहरीले अझै जाहेरी दर्ता गरेको छैन। सिद्धबाबाकै प्रभावमा परेर प्रहरीले जाहेरी दर्ता नगरेको पीडितको भनाइ छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी यज्ञविनोद पोखरेलले घटनाको अनुसन्धान भइरहेको बताए। ‘काठमाडौंबाट त्यससम्बन्धी बुधबार जाहेरी आएको छ,’ एसपी पोखरेलले भने, ‘घटना भएको होरहोइन, हामी अनुसन्धानकै क्रममा छौँ।’

आश्रममै रहेका सिद्धबाबासँग प्रहरीले सोधपुछसमेत गरेन बुधबार नै त्यससम्बन्धी जाहेरी आए पनि प्रहरीले न जाहेरी दर्ता गरेको छ न त आरोपीलाई पक्राउ गरेर अनुसन्धानमै चासो दिएको छ। जसका कारण आरोपीले पीडितमाथि प्रभाव तथा दबाब दिने अवस्था सिर्जना भएको छ । स्रोतका अनुसार बिहीबार बेलुकासम्म प्रहरीले सिद्धबाबामाथि सोधपुछसमेत गरेको छैन। उनी आश्रममै छन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved