जगतगुरु कृष्णदासलाई पक्रन जिल्ला अदालत सुनसरीको अनुमति

  • प्रकाशित मितिः मंसिर १३, २०७६
  • 1053 पटक पढिएको
  • समय अनलाइन

जबरजस्ती करणीको आरोप लागेका जगतगुरु डा.कृष्णदासलाई पक्राउ गर्न सुनसरी जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । जबरजस्ती करणीको आरोप लागेका श्रीराम तारक ब्रह्म पिठ चतराका संरक्षक तथा जगतगुरुको उपाधि प्राप्त डा. कृष्णदासजी महाराज रामानन्दाचार्यलाई पक्राउ गर्न प्रहरीलाई सुनसरी जिल्ला अदालतले अनुमति दिएको हो ।

कृष्णदास गिरीमाथि जबरजस्ती करणी मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिनुपर्ने कारण देखाउँदै प्रहरी पक्राउपूर्जीको अनुमति लिन अदालत पुगेको थियो ।

सुनसरी प्रहरीले अदालतबाट अनुमति पाएसंगै कृष्णदासलाई अनुसन्धानका लागि पक्राउ गर्न कानूनी बाटो खुलेको बताएको छ ।

प्रहरीले कृष्णदासलाई पक्राउका लागि अदालतबाट शुक्रबार अबेर अनुमति लिएको भएपनि त्यसअघिनै उनी पक्राउको विषय प्रहरी स्रोतलाई उदधृत गर्दै बाहिरिएको थियो ।

यद्यपि सुनसरी प्रहरीले कृष्णदास पक्राउको हल्ला भने निराधार भएको बताएको छ ।

सुनसरी प्रहरी प्रमुुख यज्ञबिनोद पोखरेलले कृष्णदास पक्राउ परिसकेको भन्ने विषय निराधार भएको बताउनुभयो । उहाँले अदालतबाट अनुमति पाएसँगै कृष्णदासको खोजी तीब्र पारिएको जानकारी दिनुभयो ।

प्रहरीले दिएको जानकारी अनुसार कृष्णदास आश्रममा भने छैनन् । उनको खोजिका लागि टोली परिचालन गरिएको छ ।

अनुयायी बलात्कारको आरोप लागेको कृष्णदास हाइप्रोफाइल व्यक्तिका रुपमा चिनिन्छन् । चतरामा सम्पन्न श्रीराम तारक ब्रह्म महायज्ञको पूर्णाहुतीसँगै सिद्धबाबा कृष्णदासलाई जगतगुरु रामानन्दाचार्य पदवीबाट विभूषित गरिएको थियो ।

सिद्धबाबा कृष्णदासलाई महायज्ञमा उपस्थित चतुः सम्प्रदायका जगतगुरुसहितका शीर्षस्थ व्यक्तिहरुले उक्त पदवी प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved