जिल्ला अस्पतालको रुपमा रहेको इनरुवा अस्पतालमा रोडियोग्राफर नहुँदा ल्याबका कर्मचारीले एक्सरे गर्दै आएको पाईएको छ ।
इनरुवा अस्पतालमा डिजिटल एक्सरे र भिडियो एक्सरे मेसिन रहेपनि दुबैको लागि आवश्यक दक्ष जनशक्ति नहुँदा विरामीको जीवनसँग खेलवाड हुने ढंगले सेवा प्रवाह गर्दै आएको अस्पताल स्रोतले जनाएको छ ।
अस्पतालको एक्सरेमा अहिले रगत जाँच प्रयोगशालाका कर्मचारी अशोक मेहताले एक्सरे गर्दै आएका छन । सोही फाँटमा रहेका अर्का कर्मचारी विजय मेहता रेडियोग्राफी परिक्षामा उतिर्ण हुन नसकेका प्राविधिक हुन भने अर्का कर्मचारी धु्रब घिमिरे डिजिटल नभई पुरानो प्रविधिको म्यानुअल एक्सरे मेसिनका डार्क रुम असिष्टेन्ट हुन ।
तीन महिना अघि रेडियोग्राफर रहेका पञ्चदेब यादव सरुवा भएर गएपछि उनको ठाँउमा नयाँ प्राविधिक नआउँदा अहिलेसम्म तीनै जना एक्सरे गर्ने र रिपोर्ट लेख्न अधिकार नपाएका कर्मचारीहरुबाट विरामीको एक्सरे गरी उनीहरुको जीवनसँग खेलवाड भईरहेको अस्पताल स्रोतले जनाको छ ।
अस्पतालका सूचना अधिकृतसमेत रहेका मेडिकल रेकर्डर लोकेन्द्र आचार्यले बिगत करिब तीन महिनादेखि इनरुवा अस्पतालमा रेडियोग्राफर नरहेको र अन्य प्राविधिकहरुले नै सेवा दिईरहेको स्विकार गरे ।
उनले भने, ‘ एक्सरे शाखामा रेडियोग्राफर छैनन् । अहिले अस्पतालकै कर्मचारीले जेनतेन गरेर सेवा दिईरहेका छन । सूचना अधिकृत आचार्यले रेडियोग्राफर नभएको बताएपनि डार्क रुम असिष्टेन्ट धु्रब घिमिरेले आफूले रेडियोग्राफरको तालिम लिएको दावी मात्रै होईन, आफ्नो पदमा पनि कायम गराएका छन ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved