सात जिल्लामा नयाँ न्यायाधीश सिफारिस, पाँचको सरूवा

  • प्रकाशित मितिः मंसिर १७, २०७६
  • 1268 पटक पढिएको
  • समय अनलाइन

न्यायपरिषद्ले सात जिल्ला अदालतमा नयाँ न्यायाधीश सिफारिस गरेको छ। मंगलबार बसेको परिषद् बैठकले भोजपुर, रूकुम, सोलुखुम्बु, डोल्पा, झापा, बाँके, सप्तरी जिल्ला अदालतमा न्यायाधीश सिफारिस गरेको हो।  

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका रजिष्ट्रार गेहेन्द्रराज पन्त भोजपुरमा, सर्वोच्चका उपरजिष्ट्रार विद्याराज पौडेल रूकुममा,  सर्वोच्चमा उपरजिष्ट्रार महेन्द्रराज काफ्ले सोलुखुम्बुमा, उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासका रजिष्ट्रार टेकराज जोशी डोल्पामा, सर्वोचकी उपरजिष्ट्रार इन्दिरा शर्मा झापामा न्यायाधीश सिफारिस भएका छन्। उनीहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नियुक्त गर्नेछन्।

त्यस्तै सर्वोच्चकी उप रजिष्ट्रार  मनकुमारी जिएम  बिक बाँकेमा र सर्वोच्चकै उप रजिष्ट्रार रिताकुमारी बख्रेल सप्तरी जिल्ला अदालतमा सिफारिस भएका छन्।  

बैठकले  पाँच जना न्यायाधीशको सरूवा पनि गरेको छ।  भोजपुरका जिल्ला न्यायाधीश खिलराज रेग्मी बारामा,  सोलखुम्बुका अमृतबहादुर बस्नेत झापामा,  नवलपुर जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौला काठमाडौंमा,  दोलखाका तेजबहादुर खड्का मोरङमा

र रूकुमका आत्मदेव जोशीलाई धादिङ जिल्ला न्यायाधीशमा सरूवा भएका छन्। आज बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीश भने सिफारिस गर्न सकेन।

सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसेले गत मंसिर ३ मा अवकाश भएपछि सर्वोच्चमा न्यायाधीश खाली छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved