विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने पर्यटनमन्त्रीको घोषणा

  • प्रकाशित मितिः मंसिर १७, २०७६
  • 1140 पटक पढिएको
  • समय अनलाइन

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाइने भएको छ ।

सोमबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विराटनगर विमानस्थलको धावन मार्ग विस्तार गरेर आगामी पाँच वर्षभित्र २ हजार ५ सय मिटरको बनाउने घोषणा गरेका हुन् ।

आफ्नो १ सय ४१ बूँदे प्रतिबद्धता पत्रमा पनि विराटनगरको विमानस्थल विस्तार गरिने उल्लेख भएको बताउँदै मन्त्री भट्टराईले प्रदेश र स्थानीय सरकारलाई साझेदार बनाइ हाल १ हजार ५ सय मिटरको धावन मार्ग भएको विमानस्थल सन् २०२५ सम्ममा २ हजार ५ सय मिटरको बनाउने बताएका हुन् ।

मध्यम स्तरको विमानस्थल निर्माण गरि एटिआर ७२ जस्ता जहाज चलाएर अन्तर्राष्ट्रिय उडान भर्न सकिन्छ । बुद्ध एयरले एटिआर ७२ बाटै भारतका विभिन्न शहरमा उडान भरिरहेको र प्रदेशको एक राजधानीबाट अन्य प्रदेशका राजधानीमा अन्तर प्रादेशिक उडान गरी हवाई सम्पर्क कायम राख्ने कार्यक्रम सरकारले बनाएको उनले जानकारी दिए ।

प्रदेश सरकारले समेत एक वर्षअघि विराटनगर विमानस्थलको धावन मार्ग ३ हजार मिटरको बनाउनु पर्ने निर्णय गरेको प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved