धरान, १८ मंसिर / धरान उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख तिलक राईले पदभार ग्रहण गरेका छन् । आज दिउँसो पदभार ग्रहण गर्दै नवनिर्वाचित मेयर तिलक राईले राजस्वको दर र प्रकृया पुनरावलोकन गर्ने गरी नगर सभामा प्रस्ताव लैजाने निर्णय गरेका छन् । निर्णयमा राजश्व तथा कर सम्बन्धी विज्ञ र सम्बन्धित सरोकारवालाहरु सम्मिलित हुने गरी राजश्व प्रणाली तथा करको दर दायरा अध्ययन तथा पुनरावलोकन गर्न अध्ययन तथा पुनरावलोकन कार्यदल गठन गर्न कार्यपालिका बैठकमा प्रस्ताव लैजाने भनिएको छ । पदभार ग्रहण गर्दै नगर प्रमुख राईले धरान उपमहानगरपालिकाबाट निर्णय गरेको करलाई व्यवहारिक र बैज्ञानिक बनाउने निर्णयलाई सदर गरेको बताए ।
उनले करलाई पुनरावलोकन गर्नकालागि सहयात्री दलले समेत कर समायोजन गर्ने निर्णय गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए । हिजो मात्रै नेकपाको निर्वाचन परिचालन कमिटिले निर्वाचनको समयमा जनताको घरदैलोमा पुग्दा कर सम्बन्धी गुनासो पाएको भन्दै नगरसभामा हुने आफ्ना प्रतिनिधिलाई कर समायोजन गर्न एक विज्ञप्ती जारी निर्देशन दिएको बताएको थियो । उनले स्थानीय तहको सरकारमा पक्ष प्रतिपक्ष नहुने भन्दै उपमहानगरपालिकाको नेतृत्व आफुले गरेपनि सहयात्रामा सबै दल हुने भन्दै सबैको साथ लिदै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे । कर्मचारीहरुलाई इमान्दारीपूर्वक काम गर्न समेत निर्देशन दिएका छन् । उनले आफु भन्दा अढाई वर्ष अघि आएका जनप्रतिनिधीसँग भएको अनुभवलाई समेत साथै लिएर अघि बढ्ने बताए । धरान उपमहानगरपालिकाको २० वडा मध्ये नेकपाले १५ वडा र उपमेयरमा नेकपाको नेतृत्व छ भने ५ वटा वटामा नेपाली कांग्रेसको नेतृत्व छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved