इनरुवामा विद्यापति समारोह आयोजना गरिदै

  • प्रकाशित मितिः मंसिर १८, २०७६
  • 1152 पटक पढिएको
  • समय अनलाइन

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवामा पहिलो पटक विद्यापति समारोह आयोजना गरिने भएको छ । मैथिली सेवा समिति इनरुवा सुनसरीले मंसिर २१ गते शनिबारका दिन रामजानकी मन्दिर परिषरमा विशेष समारोहको आयोजना गर्न लागेको हो ।

कार्यक्रमका बारेमा आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ । कार्यक्रम संयोजक जीवानन्द झाका अनुसार कार्यक्रममा नेपाल र भारतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने छ ।

प्रथम विद्यापति स्मृति पर्व समारोह नाम दिइएको कार्यक्रमलाई तीन चरणमा आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार शनिबार विहान प्रभातफेरी एवं विद्यापति स्मारक शिलान्यास गरिने छ ।

दिउँसो प्रदेश एकका मूख्यमन्त्री शेरधन राईका साथै प्रदेशका अन्य मन्त्रीसँगै प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला, स्थानीय निकायका प्रमुख र भारत बिहारका जनस्रोत मन्त्री सञ्जय झा लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा औपचारिक कार्यक्रमको आयोजना गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved