करकै कारण उपनिर्वाचन हारियो : नेकपा धरान

  • प्रकाशित मितिः मंसिर १९, २०७६
  • 1152 पटक पढिएको
  • समय अनलाइन

कर राजश्व वृद्धिप्रति सर्वसाधारणको गुनासोलाई नजरअन्दाज गरेकै कारण उपनिर्वाचनमा नेकपा पराजित भएको ठहर पार्टीले गरेको छ । नवनिर्वाचित प्रमुख तिलक राईले कर राजश्व घटाउने निर्णय गर्नुअघि नेकपाले उपमहानगरपालिकाले लागु गरेको करको दर पुनरावलोकन गरी घटाउन उपमहानगर संसदीय दललाई निर्देशन दिएको थियो ।

नेकपा धरान निर्वाचन परिचालन कमिटि सचिवालय बैठकपछि जनताको असन्तुष्टिलाई सम्बोधन गर्दै कर घटाउन निर्देशन दिइएको हो ।

कर घटाउने प्रस्ताव

पदभार ग्रहण गर्नासाथ बुधबार धरान उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख तिलक राईले समग्र राजश्वका प्रणाली तथा करको दर र दायराको पुनरावलोकनका लागि पेश गरिएको निर्णयार्थ प्रस्तावमा पहिलो हस्ताक्षर गरेका छन् ।

पाँचौं नगरसभाले पारित गरी लागु गरेको आर्थिक ऐन २०७६ अनुसारको करको दररेटलाई पुनरवलोकन गरेर घटाउनका लागि पेश भएको प्रस्तावमा आफूले हस्ताक्षर गरेको प्रमुख राईले बताए । कर घटाउने उक्त प्रस्ताव अब बस्ने नगरसभामा लगिने छ ।

उपमहानगरपालिकाले लिने गरेको करप्रति व्यापक जनअसन्तुष्टी बढेको थियो । उनले भने, ‘कर निर्धारण प्रकृया र दररेट अध्ययन गरी आर्थिक बर्ष ०७६/०७७ को वित्तिय क्षेत्रको बजेटमा आउने गरी शुल्क पुनरावलोकन गर्न विषेशज्ञ सम्मिलित कार्यदल गठन गरिने तयारी भएको छ ।’

उनले आफूले सबैको सल्लाहमा काम गर्ने पनि बताए । ‘मेयर पद कुनै पार्टी विषेशका लागि नभएर धरानका जनताको साझा अभिभावक भएकाले विकास निर्माण र अधुरा योजना पूरा गर्न सबै राजनीतिक दलसँग कार्यगत एकता गरेर अगाडि बढ्ने छु,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved