जलवायु परिवर्तन घटाउन इटहरीको तालतलैयामा मौन व्रत

  • प्रकाशित मितिः मंसिर १९, २०७६
  • 1318 पटक पढिएको
  • समय अनलाइन

विश्वमा जलवायु परिवर्तनले शंकट उत्पन्न गरेको र त्यसको ठूलो असर नेपालको हिमालय क्षेत्रमा परिरहेको भन्दै इटहरीमा १२ घण्टे मौन व्रत सुरु गरिएको छ।  बिहीबार बिहान ६ बजेदेखि सुरु भएको मौन व्रत साँझ ६ बजेसम्म जारी हुने बताइएको छ। १० वर्षअघि नेपाल सरकारले जलवायु परिवर्तनका मुद्दा बोकेर गरेको कालापत्थर बैठकका एजेन्डा सम्झाउनको लागि पनि मौन व्रत बसिएको कार्यक्रम संयोजक सुरेश कार्कीले बताए। 

उनका अनुसार आजै विश्व स्वयम्‌सेवी दिवस परेकाले विश्वमै खतराको रुपमा रहेको जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न सबैको ध्यान दिन मौन सन्देश प्रवाह गर्न खोजिएको हो। इटहरीको पर्यटकीय क्षेत्र तालतलैयामा जारी मौन व्रतमा मौन सन्देश भएकाले गफगाफ तथा खानपिन नगरी १२ घन्टासम्म मौन रहने आयोजकले बताएको छ। २०६६ मंसिर १९ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले कालापत्थरमा मन्त्रिपरिषद् बैठक बसाएका थिए। एक दशअघि भएको मन्त्रिपरिषद् बैठकहरूले जलवालयु परिवर्तनले नेपाल जस्तो हिमालयन देशमा संकट आएको भन्दै विश्व समुदायको ध्यान खिचेको थियो।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved