सातै प्रदेशका सभामुखको भेला पोखरामा

  • प्रकाशित मितिः मंसिर २०, २०७६
  • 1255 पटक पढिएको
  • समय अनलाइन

संघीय कानून नबन्दा प्रदेशमा समस्या आउने गरेको सातै प्रदेशका सभामुखहरुले गुनासो गरेका छन् । प्रदेश सभा सचिवालय गण्डकी प्रदेशले पोखरामा शुक्रबार आयोजना गरेको अन्तर प्रदेशसभा अनुभव आदानप्रदान तथा अन्तरक्रियामा संघीयताको कार्यान्वयनमा तीनै तहको समन्वय आवश्यक हुनुपर्नेमा प्रदेशका सभामुखहरुले जोड दिएका हुन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संघीयता नेपालका लागि नयाँ प्रयोग भएको भन्दै अभ्यासबाट धेरै सिक्दै अघि बढिएको बताए । नयाँ संरचना अनुसार संविधानको कार्यान्वयन गर्दै परम्परागत मूल्य–मान्यताबाट अघि बढ्नु अहिलेको आवश्यकता भएको उनको भनाइ थियो ।

राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहालले संघीयताको कार्यान्वयनमा देखिएका जटिलता समाधान गरी अघि बढ्नुपर्ने बताउँदै तीनवटै तहको समन्वयबाट मात्रै यसको प्रभावकारिता कायम हुने बताए ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संघीयताको कार्यान्वयनका दृष्टिले नेपाल परीक्षण कालमा नै रहेको भन्दै यो व्यवस्था परम्परागत लोकतान्त्रिक व्यवस्था भन्दा पनि समावेशी, समानुपातिक प्रतिनिधित्व सहितको संघीय व्यवस्था भएको बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved