इटहरीका रामचन्द्र अधिकारीले आफ्ना पिता माताको नाममा एक करोड रुपैँयाको अक्षयकोष खडा गरेका छन । शुत्रबार अच्छा राई रसिक प्रतिष्ठानले इटहरीमा आयोजना गरेको विशेषाङ्क सार्वजनिकीकरण तथा अक्षयकोष घोषणा कार्यक्रममा उनले पिता तारानिधि र माता धनमाया अधिकारीको नाममा उक्त अक्षयकोष स्थापना गर्ने घोषण गरेका हुन ।
सामाजिक क्षेत्रमा निरन्तरता योगदान गर्ने उदेश्यले यो अक्षयकोष स्थापना गरिएको हो । कार्यक्रममा बोल्दै अधिकारीले भने, सामाजिक, साहित्यिक र पत्रकारीता क्षेत्रमा योगदा पुर्याउनेलाई सम्मान गर्ने उदेश्यले यो कोष स्थापना गरिएको हो । यसअघि ११ लाख रुपैया अक्षयकोष राखेर साहित्य, सामाजिक र पत्रकारीता क्षेत्रमा योगदान पुर्याउनेलाई सम्मान गरिदैँ आएको भएपनि यसलाई अझै प्रभावकारी, व्यवस्थित बनाउँनका लागि थप गरी एक करोड रुपैँया बनाईएको उनले जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कला तथा संस्कृतिका लागि एक करोड रुपैँया छुट्याउँन’ अनुकरणीय रहेको बताए ।. यो अक्षयकोष राख्नु बिशिष्ट र उदाहरणीय कार्य हो । साहित्य, कला र संस्कृतिको मार्गदर्शन बाट सामाजिक सद्भाव र एकता भएको उल्लेख गरेका थिए । कार्यक्रममा प्रदेश संसद,लिलम बस्नेत,सर्वध्वज साँवा,पूर्व मन्त्री रामकुमार सुब्बा लगायतको उपस्थित रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved