इटहरीमा रहेको अम्बे बचत तथा त्रृण सहकारी संस्थाले सातौ वार्षिक साधरणसभा सम्पन्न गरेको छ । सहकारीले सातौ वर्ष पार गरी आठौमा प्रवेश गर्दा ५८ करोड ८१ लाख २३ हजार ८ सयको कारोबार गर्न सफल बनेको प्रतिवेदन सार्वजनिक गरेको छ ।
जम्मा १८४० सेयर सदस्य रहेको उक्त सहकारिले यो वर्य मात्रै ६ करोड ९३ लाख ७२ हजार २ सय ४६ रूपैया ९० पैसा नाफा कमाएको लेखा समितिले प्रतिवेदन पेश गरेको छ । सहकारीले आगामि वर्षहरूकालागि लोभलाग्दो योजनाहरू पनि सार्वजनिक गरेको छ जसमा शेयर पुजी ५ करोड २५ लाख सम्म पुर्याउने , कर्मचारी संख्या बढाउने , ग्रामिण भेगका घर घरमा अम्बे बचतको सेवा पुर्याउने जस्ता महत्वपुर्ण योजनाहरू रहको सहकारीका अध्यक्ष फडिन्द्र मगरले बताए । इटहरी उपमहानगरपालीकाकि उपप्रमुख लक्षमी गौतमको प्रमुख अतिथिमा सम्पन्न सहकारिको साधारणसभामा उपस्थित बिशिस्ट अतिथि , अतिथिहरूले सहकारीको योजना र कारोबार बारे खुलेर प्रसंशा समेत गरेका थिए ।
राष्ट्रिय सहकारी महासंघ सञ्चालक शिव डागी , महिला सामाजिक अभियान्ता सिला गज्मेर , प्रमुख अतिथि लक्ष्मि गौतम , राधा साकोसका शेरबहादुर मगर लगायतले सहकारीको उत्कसस्ट कारोबार बारे प्रसंशा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved