मनमोहन स्मृति पोलिटेक्निक बन्यो पहिलो प्रदेश विश्व विद्यालय

  • प्रकाशित मितिः मंसिर २१, २०७६
  • 918 पटक पढिएको
  • समय अनलाइन

 प्रदेश १ प्रादेशिक प्राविधिक तथा व्यवसायिक विश्वविद्यालय बनाउने पहिलो प्रदेश बनेको छ । साविकको मनमोहन स्मृति पोलिटेक्निक प्रदेश सरकार मातहत आएसँगै प्रदेश १ पहिलो प्रादेशिक प्राविधिक विश्वविधालयन बनाउने प्रदेश बनेको हो ।

मनमोहन स्मृति पोलिटेक्निकले सम्पत्ति तथा दायित्व प्रदेश सरकारलाई शुक्रवार एक कार्यक्रमका बीच हस्तान्तरणसमेत गरेको छ ।मोरङको बुढीगंगा गाउँपालिका-४ हात्तिमुडामा मनमोहन स्मृति प्रतिष्ठानद्वारा सञ्चालित मनमोहन स्मृति पोलिटेक्निकको सम्पत्ति तथा दायित्व प्रदेश १ सरकारलाई हस्तान्तरण गरिएको हो ।

योसँगै मनमोहन प्राविधिक विश्वविद्यालय प्रदेश सरकार मातहात आएको छ । पोलिटेक्निकमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई करिव २ अर्ब १ करोड बढीको सम्पति मनमोहन प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गरेका छन ।

पोलिटेक्नीका अध्यक्ष पोखरेल र विश्वविद्यालयका कुलपति समेत रहेका प्रदेश एकका मुख्यमन्त्री शेरधन राई र समाजिक विकासमन्त्री एवम सहकुलपति घिमिरेले सम्पति र दायित्व हस्तान्तरण दस्तावेजमा हस्ताक्षर गरेका थिए ।

मनमोहन स्मृति प्रतिष्ठानको स्वामित्वमा रहेको २० विगाहा जग्गा र ३१ वटा भवन र विभिन्न उपकरणहरु हस्तान्तरण गरिएको पोलिटेक्निकका प्राचार्य सुवास श्री पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved