चतरामा सिद्धबाबा भनिने कृष्णदासलाई बहिस्कार गर्ने महिलाहरुको चेतावनी

  • प्रकाशित मितिः मंसिर २३, २०७६
  • 979 पटक पढिएको
  • समय अनलाइन

यौन हिंसाको आरोप लागेका कृष्णदास गिरी ‘सिद्दबाबा’ लाई महिला सञ्जालले नस्वीकार्ने बताएका छन् । आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको अभियोगमा कृष्णदास प्रहरीको नियन्त्रणमा छन् । 

बलात्कारको उजुरी परेपछि अस्पताल भर्ना भएका उनलाई प्रहरीले नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराइसकेको छ । उनी थप उपचारका लागि विराट नर्सिङहोममा छन् ।

यौन हिंसा जस्तो गम्भीर आरोप लागेका उनलाई रामानन्दाचार्य सेवा पीठले बिगतदेखि नै पटक पटक ढाकछोप गर्दै आएको महिला सञ्जालको आरोप छ ।  

सुनसरीको चतरामा बराह पारालिगल कमिटी र महिला सञ्जाल बराहक्षेत्रले संयुक्त पत्रकार सम्मेलन गरी सो आरोप लगाएका हुन् । 

कृष्णदासले विगतमा थुप्रै गल्ती गरेपनि उनलाई कारबाही नभएको भन्दै बराह महिला सञ्जालकी अध्यक्ष देउमाया थापामगरले भनिन् –  ‘बलात्कार जस्तो गम्भीर विषयमा उनलाई क्षमा दिन सकिँदैन ।’ 

अहिले अदालतमा चलिरहेको मुद्दामा कृष्णदासले शक्ति प्रयोग गर्दै बाहिर निस्कने सम्भावनालाई लक्षित गर्दै उनले अदालतबाट कृष्णदास छुटेर आएमा सञ्जालले आन्दोलन गर्ने समेत चेतावनी दिइन् । 

कृष्णदासको बदमासीको अब साक्षी चतराबासी नबन्ने भन्दै कृष्णदासको कुकृत्य विरुद्ध चतराबासी एकढिक्का हुन नसक्नु दुखद भएको बताइन् । 

सञ्जालकी उपाध्यक्ष सीता भण्डारीले जोगीको भेषमा कृष्णदास गलत मान्छे भएकोले पनि उनलाई नस्वीकार्ने बताइन् । दुई वर्ष अघि दुई बालिकामाथि कृष्णदासले यौन हिंसा गरेको घटनालाई पीठका पदाधिकारीहरुले लुकाउँदा उनको बदमासी बढेको सीताको आरोप छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved