एक नम्बर प्रदेशकै सवै भन्दा ठुलो वसपार्क उदयपुरमा वन्ने भएको छ । गाईघाट वजारमा बसपार्क बन्ने भएको हो।बजेटको अभावमा पूर्णता पाउन नसकेको बरुवा नदी किनारमा बन्न लागेको उक्त बसपार्क सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरीले निर्माण निर्माण र व्यवस्थापन कार्य सुरु गरेको हो ।यसअघि टिकट काउन्टर हाउसको निर्माण भएको बसपार्कमा बालमैत्री तथा अपाङ्गमैत्री शौचालय र प्रतीक्षालय निर्माण गरि पूर्वाञ्चलकै नमुना बसपार्कको रूपमा निर्माण गर्न लागिएको आयोजनाका इन्जिनियर ब्रह्मदेव चौधरीले जानकारी दिए ।
करिब १५ करोडको लागतमा काउन्टर र प्रशासनिक भवन निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले ३० महिनाभित्र बसपार्क निर्माण सम्पन्न गरि सक्ने गरी गत असारमा आयोजना कार्यालय र निर्माण कम्पनीबीच सम्झौता भएको आयोजनाका प्रमुख चौधरीले बताए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved