विपि प्रतिष्ठानको नक्कली साट्ने विद्यार्थी र बैंक कर्मचारी पक्राउ

  • प्रकाशित मितिः मंसिर २३, २०७६
  • 981 पटक पढिएको
  • समय अनलाइन

साउन ३१ गते नै चेकमा साइन गर्न अधिकार खोसिएका व्यक्तिको हस्ताक्षर भएको चेक बाट गत भदौ २६ गते सिराहाको सनराइज बैंकबाट ४ लाख ८० हजार रुपैया भुक्तानी लिने प्रतिष्ठानका दुई विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दोस्रो चेक काण्ड सार्वजनिक भए पछि अस्पताल निर्देशन डा. गौरीशंकर साह र कार्यबहाक उपकुलपति डा. गुरुप्रसाद खनालले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिए पछि प्रहरीले घट्नामा संलग्नलाई पक्राउ गरेको हो ।

प्रहरीले बैकको सिसि क्यामेराको फुटेजको साहेताले प्रतिष्ठानकै एमबिबिएस अन्तिम बर्षमा अध्ययनरत प्रभात कापडीलार्य पक्राउ गरेको थियो उनकै बयानको आधारमा सँग पढ्दैं आएका अर्का विश्वश झालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सिरहाको मिचैयास्थित सनराइज बैंकको शाखाका दुई कर्मचारी अजयकुमार कर्ण र देवराज तिम्सिनालाई समेत पक्राउ गरिएको इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । घट्नामा संलग्न देखिएका प्रतिष्ठान मै कार्यरत डा.रोशन यादव भने फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुले ६ महिनाअघि लेखा शाखाबाट चेक चोरी गरेर लगिएको बयान दिएका छन् । उनीहरुलाई प्रहरीले गत कात्तिकमा पक्राउ गरि अनुसनधान गरिरहेको थियो ।

चेकमा स्टाप प्रयोग गरेर साइन गरिएको संका लागेको डिएसपी न्यौपानेले बताए । सन राईज बैक धरान शाखाका कर्मचारीहरु माथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved