उच्च अदालत विराटनगर परिसर भित्र बिचौलिया प्रवेशमा रोग

  • प्रकाशित मितिः मंसिर २६, २०७६
  • 1226 पटक पढिएको
  • समय अनलाइन

उच्च अदालत विराटनगर परिसर भित्र बिचौलिया प्रवेशमा रोग लगाएको छ । न्याय सम्पादन छिटो र छरिता सेवा प्रदान गरि पीडितलाई न्यायको अनुभुति दिलाउन अदालतमा बिचौलिया प्रवेशमा रोक लगाएको हो ।

उच्च अदालत विराटनगरमा हालै सरुवा भएर आएका मुख्य न्यायधीश तिलप्रसाद श्रेष्ठले विचौलियाहरूको अदालतमा प्रवेश नियन्त्रणका लागि प्रवेश पास प्रणाली लागू गरिएको बताए । ‘अदालतको सुधारको अभियान प्रारम्भ भएको छ,’ मुख्य न्यायधीश श्रेष्ठले भने, ‘अदालत सुधार अभियान गठन गरिनेछ । यो सुरुवात चाँडै हुनेछ ।’ अदालतले प्रभाह गरेको न्याय सम्पादनको विषयमा न्यायधीसँग अन्र्तक्रिया कार्यक्रम पनि राखिने उनले बताए । प्रास्तावित कार्यक्रमको बारेमा जानकारी दिदै न्यायधीश श्रेष्ठले विपन्न र असहायहरूका लागि निःशुल्क कानूनी सहायता केन्द्रको स्थापन गरिने जानकारी दिए ।

न्यायिक प्रक्रिया र अदालतमा प्राप्त सेवाका सम्बन्धमा जानकारीका लागि ‘समुदायमा अदालत कार्यक्रम’ संचालन रहेको उनले बताए । ‘अदालत व्यवस्थापन सम्बन्धि गुनासो सुनवाईका लागि महिनामा एक पटक अन्र्तक्रिया राखेका छौं,’ उनले भने, ‘सेवाग्राही र मुख्य न्यायाधीश बीच अन्र्तक्रिया हुनेछ ।’ एकल महिला जेष्ठ नागरिक र बालवालिका तथा विकास निर्माण सम्बन्धी मुद्दाको सुनवाइमा प्राथामिकता दिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved