बिहीबारदेखि देशका हिमाल तथा उच्च पहाडी क्षेत्रमा हिमपात तथा वर्षा भइरहेको छ।हिमपातका कारण त्यहाँको जनजीवन कष्टकर बनेको छ।हिमपातले दैनिकी जीवन प्रभावित भएपनि किसान भने हर्षित भएका छन्।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर बदली भई विभिन्न स्थानमा भारी हिमपात तथा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो न्यून चापीय प्रणाली शनिबारसम्म सक्रिय हुने महाशाखाले जनाएको छ।
शुक्रबार देशका विभिन्न जिल्ला डोल्पा,मनाङ, मुस्ताङ,बाजुरा,बैतडी,दार्चुलालगायत क्षेत्रमा भारी हिमपातसँगै वर्षा भइरहेको छ। काठमाडौं उपत्याकामा पनि हल्का वर्षा भइरहेको छ। उपत्याकामा वर्षासँगै चिसो बढेको छ। चिसोले यहाँको जनजीवन प्रभावित भएको छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved