धनुषामा बम विस्फोट हुँदा बाबु-छोराको मृत्यु

  • प्रकाशित मितिः मंसिर २८, २०७६
  • 1047 पटक पढिएको
  • समय अनलाइन

शुक्रबार अबेर राति धनुषा जिल्लाको क्षीरेश्वर नगरपालिका ५ कुसाई टोलस्थित एक औषधि व्यवसायीको घरमा भएको बम विस्फोटमा घरधनी राजेश साह र उनका छोरा आनन्द साहको मृत्यु भएको छ । घटनामा ४ सुरक्षाकर्मी घाइते भएका छन् ।

स्थानीयवासीले दिएको जानकारी अनुसार स्थानीयस्तरमा निजी मेडिकल स्टोर सञ्चालन गर्दै आएका मृतक राजेशको घरमा राति शंकास्पद वस्तु देखा परेको थियो । उनले नजिकको महेन्द्रनगरस्थित ईलाका प्रहरी चौकीलाई सूचना दिएका थिए । सूचना पाएलगतै सुरक्षाकर्मीहरु घटनास्थल पुगेका थिए ।


सुरक्षाकर्मीहरु निजको घर पुग्दा शंकास्पद वस्तु विस्फोट भई बाबु-छोराको मृत्यु भएको थियो । कम्तीमा ४ सुरक्षाकर्मी घाइते भएका थिए । घाइते सुरक्षाकर्मीहरुलाई उपचारका लागि राति नै धरान लगिएको थियो । प्राप्त जानकारीअनुसार महेन्द्रनगर ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अमीरकुमार दाहालको अवस्था चिन्ताजनक छ । प्रहरी उच्च पदाधिकारीहरु घटनास्थलर्फ खटिएका छन् ।

एक कार्यक्रममा सहभागी हुन हेटौंडा गएका क्षीरेश्वर नगरपालिकाका मेयर योगी पजियार घटनाको जानकारी पाउनबित्तिकै नगर फर्किदै छन् । कान्तिपुरसँगको फोन सम्पर्कमा उनले बाबु-छोराको मृत्यु भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved