मध्यपहाडी लोकमार्ग : पुल निर्माणमा लापरबाही

  • प्रकाशित मितिः मंसिर २८, २०७६
  • 1096 पटक पढिएको
  • समय अनलाइन

मध्यपहाडी लोकमार्गको निर्माणाधीन म्याङलुङ–संक्रान्ति खण्डका दुई खोलामा ठेकेदारले निर्धारित समयमा पुल निर्माण सकेका छैनन् । यसले गर्दा दुई गाउँपालिकाबासीलाई सदरमुकाम आउजाउ गर्न समस्या भएको छ ।

संक्रान्ति–म्याङलुङ खण्डको बीचमा पर्ने खोरुंगा र कोया खोलामा सम्झौताअनुसार पुल बेलामा नबन्दा समस्या भएको हो । सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको मध्यपहाडी सडक खण्डका दुई पुल निर्माणका लागि सम्झौता गरेका व्यवसायीले लामो समयसम्म काम नथाल्दा समस्या भएको स्थानीय बमबहादुर लिम्बूले बताए ।


खोलामा पुल नहुँदा आठराई र फेदापका बासिन्दाको सदरमुकामसँग यातायात सम्पर्कमा समस्या आउने गरेको छ । पुल नहुँदा यातायात सेवा अवरुद्ध हुने गरेको म्याङलुङ बस काउन्टरका प्रमुख डिल्ली रेग्मीले बताए । सदरमुकामबाट खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु लिएर गाउँ गएका सवारी खोरुङगा खोला वारि र उताबाट कृषि उत्पादन बोकेर आएका सवारी खोला पारि नै रोकिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved