पत्रकार काफ्ले आक्रमण प्रकरण: पक्राउ परेकाहरुलाई ७ दिनको म्याद थप

  • प्रकाशित मितिः मंसिर २८, २०७६
  • 1222 पटक पढिएको
  • समय अनलाइन

नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेलाई आक्रमण गरेको आरोपमा पक्राउ परेकाहरुलाई अनुसन्धानको लागि ७ दिनको म्याद थप भएको छ ।

सुनसरी जिल्ला अदालतले आज पत्रकार काफ्लेमाथि आक्रमण गरी अंगभंग बनाएको आरोपमा पक्राउ परेका ४ जनालाई अनुसन्धानको लागि ७ दिनको म्याद थप गरेको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले काफ्लेले ६ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । ती मध्ये ४ जना बिहिबारै पक्राउ परेका थिए भने २ जना पक्राउ गर्न बाँकी छ । आज अदालतले ती २ जनालाई पनि पक्राउ गर्ने अनुमति दिएको छ । ‘अदालतबाट पक्राउ पुर्जी आएको छ, उनीहरुलाई पनि पक्राउ गछौं,’डिएसपी न्यौपानेले भने ।

काफ्लेलाई आक्रमण गरेको आरोपमा धरान १ का नरेश साहसँगै संघर्ष समितिका अध्यक्ष धरान १५ का तुलसीप्रसाद बिक, धरान ४ का दिपक राई र धरान ४ कै संगीता राईलाई पक्राउ गरेको छ । सल्लेरी वचत तथा ऋण सहकारी संस्थाबाट पीडित वचतकर्ताहरुले बिहिबार दिउँसो समाचार संकलन गर्न ढिला गरेको भन्दै काफ्लेलाई आक्रमण गरेका थिए । उनको नाक भाँच्चिएको छ भने देब्रे आँखामा गम्भीर चोट लागेको छ । काफेलको आँखाको आँशु आउने नली(नशा) छिनेको थियो । उनको आज विराटनगरमा अप्रेशन भएको छ । नशामा कृत्रिम नली राखिएको र ३ महिनापछि त्यसलाई निकाल्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved