हिमपातले ओखलढुंगा–सोलु राजमार्ग अवरुद्ध

  • प्रकाशित मितिः मंसिर २८, २०७६
  • 1572 पटक पढिएको
  • समय अनलाइन

लगातारको हिमपातले सिद्धिचरण राजमार्ग अवरुद्ध भएको छ। शुक्रबार साँझदेखि सिद्धिचरण राजमार्ग अन्र्तगत ओखलढुंगा–सोलुखण्ड अवरुद्ध भएको हो। 

हिमपातले सडक अवरुद्ध हुँदा सोलुखुम्बुबाट ओखलढुंगा हुँदै प्रदेश राजधानी विराटनगर र काठमाडौंलगायत अन्य क्षेत्र जाने सवारी रोकिएका छन्। ओखलढुंगा–सोलु सडकखण्डको ठाडे, जन्तरधाप तथा पत्तालेमा सडकमै तीन फिटसम्म हिउँ जमेको छ। हिउँ खेल्न आन्तरिक पर्यटक जम्मा हुन थालेका छन्। ओखलढुंगाको उत्तरी क्षेत्र सिद्धिचरण नगरपालिका ६ र ७, मोलुङ्ग गाउँपालिकाको ६ र ७ तथा खिजीदेम्वा गाउँपालिकाको ६ वटा वडामा हिमपात भएको छ। 

अवरुद्ध सडक खुलाउन सिद्धिचरण नगरपालिकाले दुई एक्जाभेटर प्रयोग गरेर ओखलढुंगाखण्ड भने खुलाउने प्रयास भइरहेको छ। प्रहरी चौकी ठाडेका अनुसार एक्जाभेटरले हिउँ पन्छाउन थालेका छन्। सडक अवरुद्ध हुँदा अलपत्र परेका यात्रु हिमपातको चपेटामा परेका छन्। 

हिमपातपछि पानी  परेकाले चिसो अझ बढेको छ। तापक्रम शून्यमा झरेको छ। चिसोका कारण पशुपालक किसानलाई भने समस्या ल्याएको पात्लेकी शिक्षिका लमु शेर्पाले जानकारी दिइन्। 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved