अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ६१ बुँदे सुझावले विधि प्रयोग गर्नमात्रै होइन स्थानीय तहमा हलचल पनि पैदा गरेको छ। स्थानीय तहमा जनप्रतिनिधि आएपछि आफैंलाई अन्तिम विकल्प मान्ने इलामका केहि स्थानीय तहलाई अख्तियारको पत्रले झक्झक्याएको हो। केही स्थानीय तहले कार्यपालिका बैठक बोलाएर अख्तियारको पत्र कार्यन्वयन गर्ने प्रतिवद्धता जनाएका छन् भने केहीले सम्बन्धित शाखालाई पत्र लेखेर अख्तियारको सुझाव लागू गर्न निर्देशन दिएका छन्।
इलाम नगरपालिकाले अख्तियारको सुझावलाई कार्यन्वयन गर्ने निर्णय गरेको छ। नगरपालिकाका प्रवक्ता ठाकुर श्रेष्ठका अनुसार कार्यपालिका बैठकले शुक्रबार अख्तियारको सुझाव लागू गर्ने निर्णय गरेको हो। यसअघि पनि कानुनसम्मत तरिकाले काम हुँदै आएको र अब पनि दृढताका साथ अख्तियारको सुझाव कार्यान्वायन गर्ने नगरपालिकाले निर्णय गरेको छ।
सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौड्यालले सबै शाखालाई पत्र लेखेरै सुझाव कार्यन्वयन गर्न निर्देशन दिएका छन्। रोङ गाउँ पालिकाले कर्मचारी र जनप्रतिनिधिलाई अख्तियारको सुझाव कार्यन्वयन गर्न निर्देशन दिएको गाउँपालिका अध्यक्ष शम्शेर राईले बताए।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved