पत्रकार चाम्लिङको अध्यक्षतामा सुनसरीमा फोटो पत्रकार महासंघ

  • प्रकाशित मितिः मंसिर २९, २०७६
  • 881 पटक पढिएको
  • समय अनलाइन

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको प्रथम जिल्ला अधिवेशन आइतबार धरानमा सम्पन्न भएको छ ।

महासंघको प्रथम अधिवेशनले विकास चाम्लिङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा नविन गड्तौला, सचिवमा शिशिर राई, सहसचिवमा नसिमराज अन्सारी, कोषाध्यक्षमा सुनिता केसी राई चयन भएका छन् । यस्तै, सदस्यहरुमा सोहन श्रेष्ठ, सागर सिञ्जाली, सञ्जु राई, आइसमा लिम्बु, शुक्रान्त राई, नरेन कुलुङ, लक्ष्मण थापा, सनम तामाङ, रुद्र घिमिरे, सन्जय याक्खा, त्रिलोचन पौड्याल र विक्रान्त श्रेष्ठ रहेका छन् ।

तदर्थ समितिका उपाध्यक्ष वेदराज पौडेलको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन सत्रमा महासंघका केन्द्रीय महासचिव हरि रेग्मी प्रमुख अतिथि रहेका थिए । फोटो पत्रकार प्रविधिको विकाससंगै अगाडी बढ्न आवश्यक भएको बताए । उनले फोटो पत्रकार र समाचार लेख्ने पत्रकारहरुको आआफ्नै महत्वपुर्ण जिम्मेवारी भएको बताउदै पत्रकार महासंघसँग संस्थागत रुपमा सहकार्य गरेर अगाडी बढ्नुपर्ने पनि बताए । उद्घाटन समारोहलाई पत्रकार महासंघ सुनसरीका पुर्वअध्यक्ष राजेश विद्रोही, महासंघ सनुसरीका सहसचिव दिनेश गजमेरले पनि सम्बोधन गरेका थिए ।

नवनिवार्चित कार्यसमिति गठन लगत्तै बसेको पहिलो बैठकले नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेमाथी भएको आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको प्रस्ताव पारित गरेको छ । साथै, कुटपिटमा सलग्नलाई दोषीलाई कडा कानुनी कारबाही गर्न पनि बैठकले माग गरेको अध्यक्ष चाम्लिङले जानकारी दिए । यस्तै, आधारभुत फोटो पत्रकारीता सम्बन्धी तालिमको आयोजना गर्ने र नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गदै फोटो प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष चाम्लिङले बताए ।

कार्यक्रममा नेपाल फोटा पत्रकार महासंघका केन्द्रीय महासचिब हरि रेग्मीले कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वअध्यक्ष राजेश विद्रोही, केशब घिमिरेलगायत प्रेस सेन्टर, प्रेस युनियनलगायत संगठनहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved