करणीको आरोप लागेका सिद्धबाबा भनिने सुनसरीको चतराका कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले थप ७ दिनको म्याद थपेको छ । अनुयायी करणीको आरोपमा प्रहरी निगरानीमा अस्पतालमा बस्दै आएका कृष्णदासलाई जिल्ला अदालत सुनसरीले थप अनुसन्धानकालागि ७ दिनको म्याद दिएको हो ।
सुनसरी जिल्ला अदालतका जिल्ला न्यायाधिश मणिराम न्यौपानेको इजलासले कृष्णदासलाई थप ७ दिन अस्पतालमै निगरानीमा रहनेगरी प्रहरी अनुसन्धानलागि म्याद थपेको हो ।
अदालतले यसअघि तीन पटक गरि कृष्णदासलाई १४ दिनको म्याद दिइसकेको छ । आजबाट लागु हुने गरि थप भएको ७ दिनमा प्रहरीलाई थप अनुसन्धान सहित उपस्थित गराउन भनिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी बिनोश शर्माले अदालतको आदेश बमोजिम तत्कालकालागि कृष्णदासलाई बिराट नर्सिङ होममै फर्काइएको छ ।
यसअघि प्रहरीले ३ दिनको म्यादसँगै कृष्णदासको मुद्धा अदालत समक्ष्य बुझाइने बताएको थियो । सोही अनुरुप अघिल्लो दिन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय इनरुवामा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले प्रहरीले अनुसन्धान सकिएको भन्दै अनुसन्धान प्रतिवेदन बुझाएपनि अनुसन्धानको कागजात पर्याप्त र अभियोग पूरक नभएकाले पूनः म्याद थपको माग सहित अदालत पेश गरिएकोमा अदालतबाट ७ दिनको म्याद प्राप्त भएको बताए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved