जिल्ला प्रहरी कार्यालय भोजपुर परिसरमा निर्माण भएको कार्यालय, ब्यारेक, कार्यालय प्रमुख निवास र मेश भवनहरुको आइतबार उद्घाटन भएको छ ।
एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरेका थिए । महानिरीक्षक खनालले शिलालेखको अनावरण गर्नुका साथै भवनहरुको निरीक्षण समेत गरेका थिए । महानिरीक्षक खनालले गैरकानुनी क्रियाकलापहरुलाई निरुत्साहित तथा निराकरण गर्न प्रहरी कर्मचारीहरु थप क्रियाशील हुनुपर्ने बताए । महिला तथा बालबालिकाविरुद्ध हुने घरेलु हिंसा, लैगिक हिंसा, जबरजस्ती करणीविरुद्ध केन्द्रीत रही पीडितलाई न्याय दिन समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोडदिए ।
महानिरीक्षक खनालले पूर्वप्रहरी कर्मचारीहरु मध्येका जेष्ठ नागरिक सदस्य पूर्व प्रहरी जवान ८१ वर्षीय डिकबहादुर तामाङलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । भवन निर्माण कम्पनीका प्रोप्राइटरहरुलाई कदरपत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले धन्यवाद ज्ञापन गरेका थिए । डिआइजी ज्ञावलीले नयाँ भवनसंगसँगै भवनमा बस्ने प्रहरी कर्मचारीहरुले थप हौसलासहित उत्कृष्ट सेवा प्रदान गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved